सेप्टेम्बरदेखि अण्डर 18 गोल्ड कप फूटबल 

दार्जीलिङ, 20 अगस्त।


जीटीएको अण्डर 19 फूटबल टीम बनाउने उद्देश्य लिएर खरसाङ, कालेबुङ र मिरिक स्पोर्टस् एसोसिएशनले आगामी 23 सेप्टेम्बरदेखि अण्डर 18 गोल्ड कप फूटबल प्रतियोगिताको आयोजना गर्ने तय गरेको छ। यसैको लागि यी एसोसिएशनहरू मिलेर अण्डर 18 गोल्ड कप कमिटीको पनि गठन गरेको छ। जसका अध्यक्ष निर्मल गुरूङले आज यसै फूटबल प्रतियोगिताको विषय लिएर उनीहरूको एक टोलीले जीटीए अध्यक्ष विनय तामाङसित भेट गरेको थियो। जसमा यस खेलको लागि जीटीएको तर्फबाट पूर्ण सहयोग प्रदान गर्ने जीटीए अध्यक्ष तामाङले आश्‍वासन दिएको गुरूङले बताए।

उनले भने-हाल दार्जीलिङ पहाडमा फूटबल खेलको स्तरीयता धेरै घटेर गइसकेको छ। यसैले पहाडका युवाहरूलाई फूटबल खेलप्रति प्रोत्साहन दिने अनि ती युवाहरूलाई सही दिशा देखाउने उद्देश्य लिएरनै यो गोल्ड कप फूटबल प्रतियोगिताको आयोजना गर्ने तय गरिएको हो। उनले यस फूटबल खेलको उद्घाटन खेल खरसाङमा गरिने अनि फाइनल खेल कालेबुङमा  2 अक्टोबरको दिन गरिने भएको छ। उनले यो प्रतियोगिताको आयोजना खरसाङ गोर्खा हिल स्पोर्टस् एसोसिएशन, कालेबुङ जिल्ला स्पोर्टस् एसोसिएशन र मिरिक स्पोर्टस् एसोसशनले गर्ने भएको छ।

जसमा दार्जीलिङ र सुकुनालाई पनि निमन्त्रणा दिइएको हो। तर दार्जीलिङ र सुकुनाले अहिलेसम्म कुनै इच्छा देखाएका छैनन्। यदि दार्जीलिङ र सुकुनाले पनि यस प्रतियोगितामा भाग लिन चाहन्छ भने उनीहरूलाई पूर्ण स्वागत जनाइन्छ। उनले यो प्रतियोगिताका खेलहरू खरसाङ, कालेबुङ र मिरिकमानै हुने पनि तय गरिएको जानकारी गराएका छन्। उनले यस प्रतियोगितामा अहिलेसम्म मोठ 12 वटा दलले भाग लिने तय भइसकेको जनाउँदै खरसाङ, कालेबुङ र मिरिकबाट 9 वटा दल हुने पनि जानकारी गराए।

जसको विजेता दललाई 50 हजार, उपविजेतालाई 30 हजार दिइने भएको छ भने सेमी फाइनलमा पुग्ने दुइवटा दललाई 20-20 हजार रूपियाँ प्रदान गरिने भएको पनि गुरूङले जनाए। उनले भने-पहाडबाट भाग लिने 9 वटा दलका खेलाडीहरूबाटनै अण्डर 19 जीटीए फूटबल टीमको गठन गरिनेछ। जुन टीमलाई दार्जीलिङदेखि बाहिर हुने फूटबल प्रतियोगिताहरूमा भाग लिनको लागि पठाइनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares