’48 घन्टाभित्र पक्राउ गर’

Girl in a jacket

पेदोङ दोक्योङ निवासी फुर्तोम्बा सोर्पा अनि कुसुम सोर्पा दाम्पत्यको हत्याकाण्डले अहिले पेदोङमा भयावह स्थिति छाएको छ

कालेबुङ, 20 अगस्त


पेदोङको दाम्पतेय हत्याकाण्डमा संलग्न आरोपीलाई 48 घन्टाभित्र पक्राउ गरिनुपर्ने माग गर्दै अल सेर्पा एसोसिएसन दार्जीलिङ एन्ड तराई डुवर्स कालेबुङ शाखाले कालेबुङ जिल्लापाल डा. विश्वनाथलाई ज्ञापन बुझायो।  सङ्गठनको एक टोलीले आज ज्ञापन पत्र जिल्लापाललाई बुझाएको हो। जुन पत्र कालेबुङ पुलिस अधीक्षक एवं थाना प्रभारीलाई पनि फर्वार्ड गरिएको छ।

ज्ञापनमा उल्लेख छ, पेदोङ दोक्योङ निवासी फुर्तोम्बा सोर्पा अनि कुसुम सोर्पा दाम्पत्यको हत्याकाण्डले अहिले पेदोङमा भयावह स्थिति छाएको छ। यस्तो घटना अन्य कसैको परिवारमा पनि घट्न सक्छ भन्ने त्रास पेदोङवासीमा छाएको छ। यसैकारण दोषीलाई चाँडो पक्राउ गरी आवश्यक कार्यवाहीको माग सङ्गठनको रहेको छ। आरोपीलाई पक्राउ गर्नुपर्ने सङ्गठनले 48 घन्टाको अल्टिमेटम पनि दिएको छ।

स्मरण गराइन्छ, 16 अगस्तको दिन पेदोङको दोक्योङ निवासी फुर्तेम्बा सेर्पा अनि कुसुम सेर्पा दम्पतिको शव सेफ्टी ट्याङ्कीबाट उद्धार गरिएको थियो। पुलिसले घटमाबारे केही सुलाग नपाएपछि अहिले सिआइडीको टोलीले घटनाको अनुशंधान गरिरहेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया