म्याराथन दौडन 15 जना धावक चेरापुञ्जी प्रस्थान

कालेबुङ, 22 अगस्त


चेरापुञ्जीमा हुने रोटरी सेह्रा म्याराथन-2018 मा अङ्ग्रशण गर्न कालेबुङ-दार्जीलिङका 15 जना धावकहरू सिलोङ प्रस्थान भएका छन्। रन् विथ् रोशनीको ब्यानरमा उनीहरूले म्याराथनमा भाग लिनेछन्। 15 जना धावकहरूमध्ये 2 जनालाई रोटरी क्लब कालेबुङले प्रायोजना गरेको छ भने तीनजनालई फाउण्डेसनले प्रायोजना गरेको छ साथै अन्यको पनि 50 प्रतिशत खर्च फाउण्डेसनले नै गर्ने भएको छ।

धाविका रोशनी राई अनुसार यी धावकहरूमध्ये केही धावकहरूले पहिलेबाट नै अन्य राष्ट्रिय म्यारेथनहरूबाट कास्य पदक ल्याइसकेका छन् भने केही नयाँ धावकहरू हुन्। उनीहरूले चेरापुञ्जीमा राम्रो प्रदर्शन गर्नसक्ने रोशनी राईको आशा छ।

‘गोर्खा धावकहरूलाई ओलम्पिकसम्म पुऱ्याउने हाम्रो लक्ष्य छ’’-रोशनी राईले भनिन्, ‘हामी ‘ह्वुइ आर गोर्खाज प्राउड टु बि अन् इण्डियन’’-लेखिएको टी-सर्ट लगाएर दौडिने गर्छौँ, जसले गर्दा अन्तर्राष्ट्रिय मिडियाहरूको ध्यान आकर्षण होस् भन्ने हाम्रो सोच हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares