सिक्किमका 16औं राज्यपाल बने गंगा प्रसाद भने, “सामाजिक कार्यको निम्ति मेरो ढोका सधैँ खुल्ला रहनेछ ”

गान्तोक, 26 अगस्त। गङ्गा प्रसादले सिक्किमको 16औं राज्यपालको शफथ लिए। आज अपराह्न नयाँ राजभवनमा आयोजित शफत ग्रहण समारोहमामा सिक्किम उच्च न्यायालयकी कार्यवाहक मुख्य न्यायाधिश जस्टिश मिनाक्षी एम राईले राज्यपाल प्रसादलाई पद र गोपनियताको शफथ दिलाइन्।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री पवन चामलिङ आफ्नो मन्त्री परिषद र विधायकसितै उपस्थित थिए। यसैगरि उच्च न्यायालयका न्यायाधिश, सिक्किम विधानसभा अध्यक्ष, उपाध्यक्ष, सासंद, विधायक तथा राज्य सरकारका उच्च पदाधाकारीहरूको उपस्थितिमा शफथ ग्रहण सम्पन्न भयो।

शपथग्रहण पछि पत्रकारहरूसित कुराकानी गर्दै राज्यपाल प्रसादले भने, सिक्किमको विकासको निम्ति निरन्तर प्रयासरत रहनेछु, सिक्किमको विकासको निम्ति के के कार्य गर्नुपर्नेछ त्यो गर्नेछु. केन्द्र सरकार र प्रदेश सरकारले मिलेर सिक्किमको विकास गर्ने गर्नुपर्नेछ त्यसमा मेरो सहयोग सधैँ रहनेछ दिशामा कार्य गर्नेछु र केन्द्र सरकारबाट हरेक प्रकारको सहयोग लिएर विकासको कार्य गर्नेछु। यसका साथै सबै संस्था र वुद्धिजिवीवर्गलाई पनि भन्न चहान्छु समाजिक कार्यको निम्ति सँधै भेट्नेछु र मेरो दैलो सधै खुल्ला रहनेछ। आवश्यकताको अनुसार सबै प्रकारको सहयोग गर्नेछु। यहाँको सरकारलाई पनि मिलेर काम गर्ने आग्रह गर्न चहन्छु यहाँ जति पनि विकासको कार्य  मिलेर गर्नु पर्छ भन्न चहान्छु म सदैँ प्रयासरत रहनेछु । उनले सिक्किम शान्तिप्रिय राज्य रहेको तथा यहांको मानिसहरू पनि उस्तै राम्रा छन्। हरेक क्षेत्रको विकास होस भन्न चहान्छु, मुख्य रूपमा कृषि, पर्यटन, खाद्य प्रसोधन आदीमा मेरो ध्यान रहनेछ र यी सबैमा हर प्रकारको कार्य गर्नेछु अऩि राज्यको आर्थिक विकास होस भन्ने चहान्छु।

राज्यपाल प्रसाद यस भन्दा अघि एक वर्षसम्म मेघालय राज्यका राज्यपालको रूपमा कार्यरत थिए । उनले बिहार विधान परिषदमा 18 साल सम्म सेवा पुऱ्याएका थिए भऩे एनडीए सरकारमा बिहार विधान परिषदका नेताको रूपमा पनि कार्य गरेका थिए। उनी राष्ट्रीय स्वयं सेवी संघसित जडित भएर भारतीय जनता पार्टीको प्रमुख कार्यकर्ताको रूपमा बिहारमा सक्रिय राजनीतिमा पनि थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया