रक्षाबन्धन पालन

मिरिक, 26 अगस्त।


पानीघट्टा पुलिस पोस्टका प्रभारी तपनकुमार दासको नेतृत्वमा आज पानीघट्टा गोलाईमा सामूहिक रक्षाबन्धन कार्यक्रमको आयोजना गरियो। सबै जात र जातिका चेली माइतीहरूले आआफ्नो जातीय भेषभूषामा सजिएर एक अर्कालाई राखी बाँधिदिदै भाइचारा र मैत्रीभाव सम्बन्धको कामना गरे। यस सम्बन्धमा प्रभारी दासले आजको यो कार्यक्रमले सबैमा भाइचारा र मैत्रीपूर्ण सम्बन्ध कायम हुने बताए। यसरी सबै जात-जात, जाति-जाति मिलेर नै हामी भारतवासी हौँ भन्ने सन्देश पनि आजको कार्यक्रमले दिन चाहेको उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया