कालेबुङमा गोल्ड कप

कालेबुङ, 28 अगस्त


कालेबुङको मेला ग्राउन्डमा 22 सेप्टम्बरदेखि गोल्ड कप हुने भएको छ। कालेबुङ जिल्ला खेलकुद समिति अनि जिटिएको आयोजनामा हुने यस खेल अण्डर 18 का खेलाड़ीहरू बिच हुनेछ। आज आयोजक समितिले यस कार्यक्रमबारे संचारकर्मीहरूलाई जानकारी गराएका हुन्।

आयोजक समितिका संयोजक प्रवीण गुरूङले भने – ‘जिटिए स्तरीय गोल्ड कप यो कालेबुङमा नै पहिलो हो। अण्डर एटिनका खेलाड़ीहरूलाई प्रोत्साहन गर्नु हाम्रो नैतिक जीमेवारी हो। जसलाई लिएर जीटीए खेलकुद विभाग अन्तर्गत यस खेलको आयोजना गरिने निर्णय भएको हो।’

22 सेप्टम्बरदेखि शुरू गरिने यस खेल कालेबुङ लगायत दार्जीलिङ, खरसाङ,मिरिक अनि सुकनाहरूमा पनि खेलाइने भएको छ। जसको फाइनल खेल गान्धी जयन्तीको अवसरमा कालेबुङमा नै हुने समितिका अध्यक्ष शान्ति मोथेले बताए।

खेलका नगद राशि 50 हजार अनि 30 हजार रहेको छ। कालेबुङ जिल्ला अन्तर्गत विभिन्न सकूल अनि क्लबहरूलाई यस खेलमा भाग लिइदिने अपिल आयोजकले गरेका छन्। यस खेलबाट राज्यस्तरीय खेलका लागि पनि छनौट गरिने भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares