अर्थ सङ्ग्रहको अवधि बढ्यो

दार्जीलिङ, 30 अगस्त।


गोर्खा जनमुक्ति मोर्चाले केरलाका बाढ पीडितहरूको लागि अर्थ सङ्ग्रह गर्ने अभियानको अवधि अझै केही दिनको लागि बढायो। जसले गत 27 अगस्तदेखि यहाँको चौरस्ता साथै शहरका विभिन्न स्थानहरूमा टेबल राखेर अर्थ सङ्ग्रह गरिरहेको छ। गोजमुमो दार्जीलिङ टाउन कमिटीको पहलमा भइरहेको यस अर्थ सङ्ग्रहबीचै स्थानीय कलाकारहरूले चौरस्तामा साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत गरिरहेका छन्। यसैबारे गोजमुमो केन्द्रिय समितिका साङ्गठनिक सचिव वा अर्थ सङ्ग्रह अभियानका समन्वयक तिलक छेत्रीले भने, गोजमुमो दार्जीलिङ टाउन कमिटीको यस अभियानलाई गोजमुमो केन्द्रिय समिति, नारी मोर्चा आदिले पनि सहयोग प्रदान गरिरहेका छन् भने असुरक्षित कर्मचारी सङ्गठनले यसमा अहम भूमिका निर्वाह गरिरहेको छ।

27 अगस्तदेखि शुरू गरिएको यो अभियानलाई 29 अगस्तसम्म मात्रै जारी राख्ने तय गरिएको थियो, तर स्थानीय जनताको अपीलमा यसलाई अझै केही दिनको लागि बढाइएको हो। ताकि केरलाका बाढ पीडितहरूका लागि दार्जीलिङ पहाडबाट मोटो सहयोग रकम जान सकोस्। उनले यस्तै अभियान कालेबुङ, मिरिक, खरसाङ आदि स्थानमा पनि भइरहेको जानकारी गराउँदै विद्यार्थी मोर्चाले पहाडका महाविद्यालयमा पनि बाढ पीडितहरूका लागि अर्थ सङ्ग्रह गर्न शुरू गर्ने बताए। यसबाहेक गोजमुमो कार्यकर्ताहरूले हात-हातमा टोक्रे बोकेर शहर बजार घुम्दै पनि अर्थ सङ्ग्रह गरिरहेको पनि उनले बताए। यस कार्यक्रमलाई अझै रोचक बनाउनको लागि अपरान्ह 1 बजीदेखि स्थानीय कलाकारहरूले यहाँ साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत गरिरहेका छन्। जुन साङ्गीतिक कार्यक्रमको रसस्वादन गर्न आएका स्थानीय जनताका साथै पर्यटकहरूले पनि अर्थदान गरिरहेका छन्, उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया