पुरानै ठाउँमा सर्नेछ घूम प्राथमिक पाठशाला

Girl in a jacket

दार्जीलिङ, 30 अगस्त।


घूम बाल प्राथमिक पाठशाला भवन पुनः पुरानै स्थानमा सर्ने पक्कापक्की भएपछि पाठशाला सञ्चालन समितिका साथै पाठशालाका सम्पूर्ण शिक्षक-शिक्षिकाले जीटीए अध्यक्ष विनय तामाङलाई धन्यवाद दिएका छन्। सन् 1910 मा घूम उच्चत्तर विद्यालय परिसरमा निर्माण भएको घूम प्राथमिक पाठशाला भवनलाई वर्ष 2011 मा तत्कालीन जीटीए प्रशासनले यसै स्कूलको झोडा नजिक सारेको थियो। जसको कारण पाठशाला प्रशासनले यसमाथि आपत्ति जनाए पनि कुनै सुनवाई भएको थिएन। तर गत केही महीनाअघि वर्तमान जीटीए अध्यक्ष विनय तामाङलाई पाठशाला प्रशासनपक्षले यसबारे अवगत गराएपछि उनले तत्कालै यस स्कूललाई पुरानै स्थानमा सार्ने अनुमति प्रदान गरे अनि यसको लागि 33 लाख 28 हजार रूपियाँ राशि अनुमोदन पनि भएको छ। यसपछि पाठशाला प्रशासनले खुशी व्यक्त गर्दै जीटीएका सम्बन्धित अधिकारीवर्गलाई पनि धन्यवाद दिएको छ।

हाल यस प्राथमिक पाठशालामा 72 जना विद्यार्थी अध्ययनरत छन् भने स्थायी-अस्थायी गरेर मोठ 8 जना शिक्षक-शिक्षिका कार्यरत छन्। यसबारे पाठशालाका प्रधान अध्यापक साङ्गे डुक्पाले भने, यो पाठशाला भवनको अवस्था जीर्ण बनेपछि सन् 2011 मा यसलाई अन्य स्थानमा सार्ने काम भएको थियो, तर त्यस समय यो पाठशाला भवनलाई झोडाकै छेउमा सारिएकोले विद्यार्थीहरूसँगै शिक्षक-शिक्षिकाहरूलाई धेरै असुविधा भइरहेको थियो। स्वास्थ्यको लागि पनि यो स्थान ठीक थिएन। यसैकारण पाठशाला प्रशासनले जीटीए अध्यक्ष तामाङसित भेट गरी यसलाई पुरानै स्थानमा सार्ने माग गरेको थियो, जसलाई तामाङले सहर्ष स्वीकार गर्दै आर्थिक राशि पनि अनुमोदन गरिदिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया