शोणितपुरमा अनेसासले  गऱ्यो शिवकुमार राई जन्म शतवार्षिकी

 

गुवाहाटी, 2 सेप्टेम्बरः असम नेपाली साहित्य सभा शोणितपुर जिल्ला समितिको अगुवाइमा शिवकुमार राई जन्म शतवार्षिकी कार्यक्रम शोणितपुर जिल्लाको भङ्गामन्दिरमा आइतवार आयोजन गरियो। साहित्य सभा शोणितपुर जिल्ला समितिका सभापति डिल्लीराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभाका मूलसचिव रूद्र बरालले कार्यक्रमको महत्त्व र उद्देश्यबारे प्रकाश पारे। जिल्ला समितिकी मूलसचिव नवप्रभा अधिकारीले स्वागत सम्बोधन राखेको कार्यक्रममा विशिष्ट साहित्यकार छविलाल उपाध्यायको ‘उषा अनिरुद्र’ महाकाव्य, डा. राजकुमार छेत्रीको ‘दृष्टिपथ’ र रूद्र बरालको कथासङ्ग्रह ‘चरित्रहरूको खोजीमा अल्मलिँदा’-को दोस्रो संस्करणको विमोचन गरियो। दार्जीलिङ सरकार महाविद्यालयका व्याख्याता डा. राजकुमार छेत्रीले आफ्नो सम्बोधनमा शिवकुमार राईको व्यक्तित्वमाथि प्रकाश पार्दै राई धेरै विषयमा भारतीय नेपालीहरूको पहिलो प्रतिनिधि भएको उल्लेख गरे। प्रथम भारतीय नेपाली मन्त्री, खरसाङ रेडियाका कार्यक्रम निदेशक राईले नेपाली साहित्य-संस्कृतिको विकासमा ठूलो सेवा पुर्‍याउने डा. छेत्रीले जिकिर गरे। कार्यक्रममा खरसाङ, दार्जीलिङबाट धेरै साहित्यकारहरूको सहभागिता रहेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया