मणिपालमा एमबीबीएसकी छात्राले गरिन आत्महत्या

गान्तोक, 5 सित्मबर। सिक्किम मणिपाल इन्स्टीट्युड अफ् मेडिकल साइन्सेस (मणिपाल) मा अध्ययनरत असम की एक विद्यार्थीले आत्महत्या गरेकी छन्। 23 वर्षीया बरनाली पाठकले आज दिउँसो आफ्नो होस्टेलको रूम नम्बर  716 मा आत्महत्या गरेकी हुन्। पुलिस सुत्रले दिएको जानकारीमा  प्रारम्भिक चरणको जाँचमा घटनालाई आत्महत्या रहेको बताउँदै मामिला दर्ता गरेको छ।  असमको ग्वालपाडा निवासी पाठक मणिपालमा एमबीबीएस गरिरहेकी थिइन्। घटनाबारे परिवारलाई सूचित गरिएको छ भने परिवार पक्ष गान्तोकको निम्ति हिँडिसकेको असम सूत्रले बताएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया