तेस्रो कालेबुङ खुल्ला ब्याडमेन्टन प्रतियोगिता आरम्भ

कालेबुङ, 7 सितम्बर


आजदेखि कालेबुङमा तीनदिने तेस्रो कालेबुङ खुल्ला ब्याडमेन्टन प्रतियोगिता आरम्भ भएको छ। कालेबुङ जिल्ला ब्याडमेन्टन एसोसिएसनले तामाङ युथ एसोसिएसनसित मिलेर संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा मोठ 275 जना प्रतियोगीहरूले सहभागिता जनाइरहेका छन्। सन्त अगस्टिन स्कूलको डाइमन्ड जुब्ली हलमा सम्पन्न भइरहेको प्रतियोगितामा कालेबुङ, दार्जीलिङ, खरसाङ, मिरिक, सिक्किमसितै पश्चिम बङ्गालका विभिन्न क्षेत्र, आसाम, महाराष्ट्र, भुटान आदिबाट पनि खेलाडीहरूले सहभागिता जनाइरहेको एसोसिएसनका सचिव प्रणय गुरुङले बताए।

आज बिहान डम्बरचोकबाट ब्याण्ड-बाजासितै प्रतोयोगिताको औपचारिक उद्घाटन गरियो। उद्घाटन कार्यक्रममा गोजमुमो जिल्ला समितिका युवा अध्यक्ष बिदुर राई मुख्य अतिथिका रूपमा उपस्थित थिए भने अजय सिंह अनि आनन्द लखोटिया विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यसरी नै सन्त अगस्टिन स्कूलका प्राचार्य फदार जेटोरको बाहुलीबाट प्रतियोगिताको शुरू गरिएको थियो।

आयोजक पक्षबाट उपाध्यक्ष नरेन्द्र तामाङले उक्त प्रतियोगितामा खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएको बताए। उनले 12 वटा विभिन्न वर्गमा खेल सम्पन्न भइरहेको अनि 9 सितम्बरका दिन फाइनल खेल सम्पन्न हुने बताएका छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares