एसबीएसलाई उडाउनुपर्छ भनेर घरि घरि केन्द्र सरकारबाट दबाउ आइरहन्छः मुख्यमन्त्री चामलिङ

गान्तोक, 8 सितंबर।


सिक्किम राज्य ब्याङ्क (एसबीएस) ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती पालन गऱ्यो। यस अवसरमा मुख्यमन्त्री पवन चामलिङले एसबीएसलाई उडाउनु पर्छ भनेर केन्द्र सरकारले बारम्बार दबाउ दिने गरेको खुलासा गरेका छन्। उनले भारतको संविधानको धारा 371 एफले सुरक्षा प्रदान गरेको एसबीएस ब्याङ्कलाई उढाउन केन्द्र सरकारबाट पटक पटक दबाउ आइरहने बताए।

स्वर्ण जयन्ती समारोहको अवसरमा मुख्य  अतिथिको रूपमा बोल्दै मुख्यमन्त्री चामलिङले यसप्रकारको जानकारी सार्वजनिक गरेका हुन्।  उनले केन्द्र सरकारमा रहेको पछिल्लो कांग्रेस सरकार र अहिलेको भाजपा सरकारले पनि  सिक्किमको पुरानो कानुनले बाँधेर सुरक्षा प्रदान गरेको एसबीएसलाई उडाएर आरबीआईको अन्तर्गत ल्याउने बारम्बार दबाउ  दिएको भए पनि आफू टसमस नभई यसको सुरक्षा गरेको बताएका छन्।

उनले 24 वर्षे कार्यकालमा पूर्व प्रधानमन्त्री मनमोहन सिंह र अन्य वित्तीय मन्त्रीहरूले प्रत्यक्ष रूपमै एसबीएस उडाउनुपर्छ भनेको तथा अहिलेको सरकारबाट पनि घरि घरि यस्तो प्रस्ताव आउने गरेको टेलीफोन गरेर अथवा दिल्लीमा हुँदा भेट गरेर यस्तो माग गरिरहेको मुख्यमन्त्री चामलिङले बताए।

एसबीएस छोग्याल (राजा) को पालसामा गठन गरिएको ब्याङ्क हो भने यो वर्ष स्वर्ण जयन्ती वर्ष पालन गर्दै आएको छ। राजधानी गान्तोकको चिन्तन भवनमा आयोजित स्वर्ण जयन्ती कार्यक्रममा मुख्यमन्त्रीले एसबीएस ब्याङ्क सिक्किमको धरोहर संस्थानको रूपमा रहेको र केन्द्र सरकारले यसलाई मासेर आरबीआईको अधिनमा ल्याउने प्रयास गरिरहेको भए पनि एसडीएफ सरकारले यो हुन नदिएको बताए। उनले विपक्षी समुदायले ब्याङ्कलाई आरबीआइको अधिनमा ल्याउने माग गर्दै आरोप प्रत्यारोप लगाइरहेक तर त्यो सबै गलत रहेको बताए। उनले भने, यदी एसबीएसलाई आरबीआइको अधिनमा ल्याउने हो भने संविधानको धारा 371 एफले हामीलाई दिएको सुरक्षा उलङ्घन हुनेछ र 371 एफकै अधिनमा यो ब्याङ्क रहेको छ।

उनले एसबीएसलाई उडाउन नचाहँदा राष्ट्र विरोधी कार्य गरिरहेको समेत आरोप लगाउने गरेको तर आफूले त्यस प्रकारको रात दिनको लाक्षणा लगाउँदा पनि कसरी यसलाई बचाउने भन्ने रणनीति बनेर काम गरेको मुख्यमन्त्रीले बताए।

स्वर्ण जयन्ती समारोहमा एसबीएसले राज्य सरकारलाई प्रदान गर्ने वार्षिक राजस्व 1 करोड़ 33 लाख 46 हजार रूपियाँ मुख्यमन्त्री तथा वित्तीय प्रभारी मन्त्री पवन चामलिङलाई ब्याङले हस्तान्तरण गऱ्यो।

कार्यक्रममा विभिन्न पाठशालाका विद्यार्थीहरूले सिक्किमको गुणगानमा लेखिएका जहाँ बक्छ टिस्टा-रङ्गीत र मलाई सिक्किम मनपर्छ नामक माटो भक्तिका गीत प्रस्तुत गरेका थिए। यसैगरि एसबीएसका विभिन्न क्रियाकलापहरूको बारेमा जानकारी दिनका साथै भावि कार्यक्रमबारे अवगत गराइएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया