गान्तोक, 9 सितम्बर। सिक्किमका चर्चित ताइक्वान्दो खेलाडी तथा ताइक्वान्दोका प्रमुख प्रशिक्षक त्रिलोक सुब्बाले एशिया पेसिफिक मास्टर गेम्समा रजत पदक जित्न सफल बनेका छन्। मलेशियाको पेनाङमा सम्पन्न भएको अन्तरराष्ट्रिय ताइक्वान्दो प्रतियोगितामा सुब्बाले रजत पदक जितेका छन्।उनले ताइक्वान्दो पुम्सेमा दोस्रो स्थान प्राप्त गरेका हुन्। उलनाई फिलिपिन्सका खेलाडी इलोजीयो रोड्रिगुएजले पराजित गरेका हुऩ्। यसैगरि मलेशियाको किङ ही लु र तेहराम बालाकृष्णन प्रतियोगितामा कास्य पदक जितेर तेस्रो स्थानमा रहेका छन्।
त्रिलोक सुब्बाले हत्याए रजत पदक
