शुरु भयो महिलाहरूको पर्व तीज भव्यताको साथमा

गान्तोक, 10 सितंबर। परम्परागत तीज उत्सव राजधानी गान्तोकमा भव्यताको साथमा शुरु भएको छ। तीजको कार्यक्रम विभिन्नबीच युवा जमातले एक कार्यक्रम आयोजन गरेर पर्वको विधिवत रूपमा शुरुआत गरेको छ। तिन्तेक गाउँको लि अल ओल्ड एज होम को सहयोगको निम्ति तीज उत्सव आयोजन गरेको छ। राज्य महिला आयोग की अध्यक्षा रेहना राईले तीज कार्यक्रमलाई बधाई दिएका छन्। उनले कार्यक्रममा अतिथिको रूपमा उपस्थित रेहना राईले भनिन्  सिक्किममा महिलाहरू स्वतन्त्र भइरहेको र आफ्नो काँधमा देश विकासको जिम्मवारी लिएर काम गरिरहेको बताइन्।

यसैगरि आयोगद्वारा पीडित महिलाहरूलाई सहोयग गर्ने गरिरहेको बताए। तीज कार्यक्रममा उद्यमी सोभा राई, राजश्री सुब्बा, सामजिक कार्यकर्ता सुनिता सिरोइया, सिर्जना थापा छेत्रीलाई तीज उत्सवमा आयोजित विभिन्न प्रतियोगिताको निम्ति निर्णायकको रूपमा उपस्थित थिए।

प्रतियोगितामा मोनालिशा भोटिया श्रीमती तीज बनिन्। वेस्ट ड्रेस सन्ध्या गुरुङ  र वेस्ट मेक अप संगीता सुनुवार बनिन्। यसैगरि आयोजक पक्षबाट सुष्मिता पाख्रिङले वृद्धाश्रमलाई सहयोगको निम्ति आम मानिसहरूलाई अघि आइदिने  आह्वान गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares