चुँडियो एनएच-10 : यातायात पाँच घण्टा ठप्प

जल परियोजनाको कारण जलस्तर रोकिएको कारण विस्तारै जमिन तानेकोले नै पैह्रो गएको हो


कालेबुङ, 13 सेप्टेम्बर


केहीदिनदेखि हाइवे (एनएच-10) मा घरिघरि यातायात बाधित बनिरहेको छ। विभिन्न ठाउँमा पैह्रो जाने क्रम तीब्र छ। आज साँढै 11 बजी बिहान गेलखोला र 29 माइलबीच सडक चुँडियो। शुरुमा साना बाहन चुँडिएकै बाटोमा जोखिमले छिर्दै थियो।

त्यसैबीच एक मालबाहक वाहन छिराउने हुँदा सडक अझ धस्कियो। वालबाहक पनि पैह्रोको टुप्पोमा नै अल्झियो। बाइक स्कुटीबाहेक अन्य वाहनको चलचल पूर्णरूपले पाँच घन्टा बन्द भयो। यात्रीहरूले ट्रान्सिप गरेर आवातजावत गरे। कति साना वाहन टिस्टा-पेशोक भएर सिलगढी जाँदैछ। पैह्रो गएको धेरैघण्टा बितिसकेपछि सम्बन्धित विभागले  जेसीपी ल्याएर  अस्थायीरूपमा साना वाहन छिर्नसम्म बनाएपछि सानावाहन भने आवातजावत भइरहेको छ। ठूलो वाहनको यातायात भने पूर्णरूपले ठप्प छ।

जल परियोजनाको कारण जलस्तर रोकिएको कारण विस्तारै जमिन तानेकोले नै पैह्रो गएको क्षेत्रवासीले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया