एसकेएमले दियो चामलिङलाई कर्मचारी मारा मुख्यमन्त्रीको संज्ञा : सोध्यो-विद्युत परियोजना, औषधी कारखाना, जुवाको अड्डा र अन्य उद्योगहरू लगाएको भए पनि त्यहाँबाट आउने राजस्व कहाँ जाँदैछ?

हुडको र नावार्डबाट 9 सय करोड रूपियाँ ऋण लिएर 10 जना ठेकादारको दशैँ अघि बील तिर्नु हुँदैन। 


गान्तोक, 13 सितम्बर।


मुख्यमन्त्री पवन चामलिङले  सिक्किमको सरकारी कर्मचारीहरूको निम्ति काटिएको दोस्रो शनिबारे छुट्टीको पुन घोषणा र पाँचौ वेतन आयोगलाई लिएर गरेको विभिन्न घोषणामाथि प्रतिक्रिया व्यक्त गर्दै विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) प्रवक्ता ज्याकब खालिङले तिखो मन्तव्य व्यक्त गरेका छन्।

पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता खालिङले भने, ‘मुख्यमन्त्री चामलिङले शनिबारे छुट्टी दिएको होइनन्, यो 1975 सालदेखिको प्रावधान हो। उनले कर्मचारीलाई एसडीएफ सरकारले घाउमा नुन चुक लगाउने काम गरेको छ। अहिलेसम्म केही नगरेर राजनीतिलाई ध्यानमा राखेर अहिले आफ्नो मुड अनुसार घोषणा गरिरहेको छ।’

उनले भने, ‘हाम्रो एसकेएम पार्टीको सरकार आएपछि कर्मचारीहरूको निम्ति सबै शनिबार छुट्टी हुनेछ र यसको निम्ति पार्टी अध्यक्ष पीएस गोलेले घोषणा गर्ने निर्देश दिएका छन्।’

यसैगरि उनले अहिले मुख्यमन्त्री चामलिङको नेतृत्वमा रहेको सरकारले कर्मचारीहरूलाई वनभोजसम्म खान नदिने दबाउ दिइरहेको र कर्मचारीले राजनीतिमा सहभागिता जनाएको सोच्दै सताउने काम भइरहेको दाबी गर्दै एसकेएमको सरकारमा कर्मचारीहरूले पनि राजनीति गर्न पाउने प्रावधान ल्याउने घोषणा पनि एसकेएम अध्यक्षले गर्ने निर्देश दिएको बताए।

यसैगरि उनले सिक्किमे कर्मचारीहरूलाई पाँचौं वेतन आयोगको सिफारिश लागु गर्न ढिलाइ गरिएको तथा किस्तीमा एरियर दिने निर्णय गलत रहेको र कर्मचारी मारा निर्णय रहेको आरोप लगाए। मुख्यमन्त्रीले सरकारसित भुक्तानको निम्ति पैसा नभएको कुरालाई प्रतिक्रिया गर्दै भने, ‘सरकारले यत्रो विद्युत परियोजना, औषधी कारखाना, जुवाको अड्डा र अन्य उद्योगहरू लगाएको भए पनि त्यहाँबाट आउने राजस्व कहाँ जाँदैछ? त्यसबाट दिइनपर्छ।’

यसैगरि हुडको र नावार्डबाट 9 सय करोड रूपियाँ ऋण लिएर 10 जना ठेकादारको दशैँ अघि बील तिर्नु नहुने र कर्मचारीलाई एकैमुष्ठमा उनीहरूले पाउनुपर्ने माग भुक्तान गर्नुपर्ने उनले बताए।

पत्रकार सम्मेलनमा प्रचार प्रसार उपाध्यक्ष विरेन्द्र तामङिल र प्रचार सचिव विकास बस्नेतले पनि सम्बोधन गरेर कर्मचारीलाई न्याय नभएको आरोप नै दोहोऱ्याए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया