सिभिक भोलेन्टियर र जुनियर होमगार्डहरूको लागि खुशीको खबर : बढ्यो तलब

Girl in a jacket

कलकत्ता, 13 सेप्टेम्बर


1 अक्टोबरदेखि सिभिक भोलेन्टियर र जुनियर होमगार्डहरूको तलब 8 हजार रुपियाँ हुनेछ। अहिले उनीहरूले 5,500 रुपियाँ पाइरहका छन्। मुख्यमन्त्री ममता व्यानर्जीले सिभिक भोलेन्टियरहरूको लतब बढाउने घोषणा गरकी हुन्।

राज्य सचिवालय नवान्नमा राज्य मन्त्रीमण्डलको बैठकपछि स्वास्थ्य एवं कानून राज्य मन्त्री चन्द्रिमा भट्टाचार्यले उनीहरूको तलब बढाइने तय भएको बताइन्।

‘मुख्यमन्त्रीले अघिबाट नै उनीहरूको तलब बढाउने घोषणा गरेकी थिइन्,’ उनले भनिन्, ‘मन्त्री मण्डलको बैठकले यसलाई पारित गरेको हो। उनीहरूको तलब बढाउँदा राज्यलाई 393.39 करोड़ रुपियाँको भार पर्नेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया