87 वटा नयाँ नर्सिङ स्कूल खोलिने : नर्सहरूको अवकास र नियुक्ति उमेर बढ्यो

कलकत्ता, 13 सेप्टेम्बर


राज्य क्याबिनेट बैठकमा नर्सिङ स्कूल खोल्ने र अवकास उमेर बढाइने निर्णय लिइएको छ। स्वास्थ्य एवं कानून राज्य मन्त्री चन्द्रिका भट्टाचार्यले भनिन्, ‘राज्यमा अस्पतालहरूमा नर्सहरूको अभाव छ। यसैकारण 87 वटा नयाँ नर्सिङ ट्रेनिङ स्कूल खोलिनेछ। नर्सहरूको अवकास उमेर पनि 62 बनाइएको छ।’

भट्टाचार्यले नर्सहरूको नियुक्ति उमेर पनि बढाइएको बताइन्। ‘नियुक्ति उमेर सिमा 39 थियो, अब 45 वर्ष बनाइएको छ,’ उनले भनिन्, सरकारी अस्पतालहरूमा बेडको संख्या पनि बढाइएको छ।’

अब हरेक सरकारी अस्पतालमा 951 बेड हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares