टिस्टामा बढ्यो जलस्तर : सिङ्ताममा बढ्यो त्रास

गान्तोक, 14 सितम्बर।


टिस्टा नदीको जलस्तर अचानक बढेपछि टिस्टा गडतीरमा पर्ने विभिन्न शहर र गाउँको निम्ति खतराको स्थिति सिर्जना भएपछि मानिसहरू आतङ्कित बनेका छन्। दक्षिण जिल्लाको प्रशासनfक क्षेत्रमा पर्ने आदर्श गाउँको अधिकांश घर नदी किनारामा पर्ने भएकोले रातभरि त्रासको माहोलमा रहनु परेको छ।

स्थानीय युवा मोहन खतिवडाले भने, ‘हामीले जिल्ला प्रशासन र एनएचपीसीलाई बारम्बार यो नदीको किनारमा बाँध लगाइदिने माग गर्दै आएका हौं, तर अहिलेसम्म कुनै प्रकारको पहल भएको छैन। सरकार र जल विद्युत परियोजनाले कुनै प्रकारको पहल नगरेपछि समस्या यथावत छ। आज पनि पुरै रात भय़ र त्रासमा बिताउनु पऱ्यो।’

अर्कोतिर जलस्तर बढेपछि सिङताम थाना र प्रशासनको पक्षबाट सतर्कताको निम्ति माइकिङ गर्दै मानिसहरूले सतर्क गराएका थिए। यसैगरि पूर्व जिल्ला प्रशासनले पनि मानिसहरूलाई नदी किनारदेखि टाडा रहने निर्देश जारी गरेका छन्।

टिस्टा नदीको किनारमा सिक्किमपट्टि डिक्चु, आर्दश गाउँ, सिङ्ताम, रम्फू र माझीटार रहेका छन्। अचानक टिस्टाको जलस्तर बढ्नुको कारण जल विद्युत परियोजनाको बाँध खोलिनु र अत्याधिक झरी पर्नुको कारण पनि हुनसक्ने बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया