विश्व पर्यटन दिवस 2018-मा ‘गो अर्गेनिक’

गान्तोक, 14 सेप्टेम्बर


आगामी 26 अनि 27 सेप्टेम्बरको दिन पश्चिम जिल्लाको पेलिङमापालन गरिने ‘विश्व पर्यटन दिवस 2018’ मा म्याराथन एउटा मुख्य आकर्षणको रूपमा आयोजनगरिने भएको छ।

विश्व पर्यटन दिवसको प्रथम दिन 26 सेप्टेम्बरमा म्याराथन आयोजन गरिनेजानकारी सिक्किमका म्याराथन म्यान अमर सुब्बाले प्रेस क्लबमा आयोजित पत्रकारसम्मेलनमा दिए। जम्मा दुई वर्ग महिला अनि पुरूषको निम्ति आयोजन गरिने यो म्याराथन खुल्लारहेको छ जसमा सिक्किम लगायत दार्जीलिङ, कालेबुङ, सिलगढीका धावकहरूले पनि भाग लिनेछन्।

धावक सुब्बाले बताए अनुसार पश्चिम जिल्लाले पहिलोपल्ट राज्यस्तरीय विश्व पर्यटन दिवस पालनगर्ने अवसर पाएको हो। यसमा म्याराथनलाई पनि सामेल गरिएको छ जुन धावकहरूका निम्ति धेरैहर्षको विषय हो।

उनले ‘लो अल्टिट्यूड मनसून म्याराथन’ को नाममा आयोजन गरिने यस दौड़को थीम ‘गो अर्गेनिक’ राखिएको जानकारी दिए। म्याराथनमा भाग लिने धावकहरूले 10 किलोमिटर दूरी पूरा गर्नुपर्ने छ। उनले भने, ’26 सेप्टेम्बर बिहान 9 बजीदेखि पेलिङ स्कूल खेल मैदानबाट केटा र केटी वर्गका निम्ति एकै चोटी म्याराथन शुरू गरिने छ। धावकहरू साङ्ग छोइलिङ गुम्पा, रानी ढुङ्गा, गड्डी डॉंड़ाहुँदै दराप भएर पुन: खेल मैदान आउनु पर्नेछ।’

उनले केटा अनि केटी वर्गका उत्कृष्ट तीन धावकलाई नगद राशि एवं प्रमाण पत्र प्रदान गरिने बताए। यस प्रतियोगितामा भाग लिनुको निम्ति एक सय रूपियाँ पञ्जीकरण शुल्क राखिएको र इच्छुक धावकहरूले 26 सेप्टेम्बर बिहानसम्म 8 बजीसम्म उनलाई सम्पर्क गर्न सक्ने धावक सुब्बाले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares