‘ठेकेदारहरूका लापरबाहीले जीटीए बीएओ अध्यक्ष विनय तामाङ बदनाम’

 ‘नाला झोडाको व्यवस्था, सामुदायिक भवनको निर्माण लगायत स्कूल कलेजको स्थापना, स्वास्थ्य केन्द्रको निर्माण गरिरहेकै छ तर स्थायीकरण भने गरेन।  अस्थायी कर्मचारीको महत्वपूर्ण उमेर त्यसै खेरो गएको छ। उनीहरूले अवकास पछि केही पाउँदैनन्। अब यी अस्थायी कर्मचारीहरूलाई जीटीएले शीघ्र नै स्थायीकरण गर्नुपर्छ।’


मिरिक, 14 सेप्टेम्बर।


दार्जीलिङ हिल तृणमूल कङ्ग्रेस युवा एकाईका सचिव रमेश कडरियाले दार्जीलिङ पहाडमा कुनै पनि बिकास कार्य गुणात्मक हुन नसकेको बताएका छन्। प्रधानमन्त्री ग्राम सडक योजनाका कुनै पनि कार्यहरू ठिक हुन नसकेको पनि उनले आरोप लगाएका छन्।

‘ठेकेदारहरूको लापरबाहीले जीटीए बीएओ अध्यक्ष विनय तामाङ बदनाम हुँदैछन्। बील लिएपछि काम पनि ठिक हुनुपर्छ,’ उनले भने, ‘तर कुरा अर्कै भइरहेको छ।’

दागोपापले १२ हजार जति अस्थायी कर्मचारी जन्माएको र उनीहरूको स्थायीकरण नभएको भन्दै जिटिएलेसमेत यसको सामाधान नगरिरहेको बताए। ‘नाला झोडाको व्यवस्था, सामुदायिक भवनको निर्माण लगायत स्कूल कलेजको स्थापना, स्वास्थ्य केन्द्रको निर्माण गरिरहेकै छ,’ उनले भने, ‘तर स्थायीकरण भने गरेन।  अस्थायी कर्मचारीको महत्वपूर्ण उमेर त्यसै खेरो गएको छ। उनीहरूले अवकास पछि केही पाउँदैनन्। अब यी अस्थायी कर्मचारीहरूलाई जीटीएले शीघ्र नै स्थायीकरण गर्नुपर्छ।’

उनले बीएओले यो पहल गरे तृणमूल काङ्ग्रेस पार्टीले पनि यसलाई राज्य सरकार समक्ष कुरा उठान गर्ने भन्दै कडरियाले पहाडमा 65 हजार भन्दा बढी रिक्त पदहरू रहेको दाबी गरे।

‘ग्रुप सी र डीको निम्ति अन्तर्वार्ताको माध्यमबाट नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘अस्थायी कर्मचारी जसले अवकाश लिन्छन्, उनीहरुलाई कम्तिमा दश लाख रूपियाँको एक मुष्ठ रकम दिइनुपर्छ।’

जीटीए चलिरहेको भए पनि विकास ढिला भएको त कुनै पनि समस्याको सामाधान नभइरहेको पनि उनले बताए। ‘पाँचवर्षसम्म धाँधली र भ्रष्टाचारले जीटीए चुर्लुम्म डुबेको छ। अहिलेका जीटीए बीएओले बढो सतर्क हुनुपर्नेछ। साधारण जनताको अभाव र समस्यालाई पुरा गर्न राजनैतिक दलहरू अघि आउनुपर्छ,’ उनले थपे,  ‘विभिन्न विद्यालयहरूको भवनको स्थिति खराब भइसकेको छ। इन्जिनियरिङ विभागले यस्ता भवनको चिन्हित गरेर मरम्मति कार्य गरिनुपर्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares