जलस्तर बढ्दा हाइवेवासीलाई किन पूर्व सतर्क गराइएन? : अनुदान संस्थाले एनएचपीसीलाई लगाउने मुद्दा

‘यसरी पानी बढ्ने सङ्केत सम्बन्धित  विभागहरूलाई  अघिबाटै हुँदाहुँदै पनि हामीलाई भने पहिले नै जानकारी किन दिएन? एनएचपिसीलाई यसबारे अगावै थाह हुनु पर्ने हो तर रातीसम्म पनि कुनै माइकिङ अथवा सामाचार भने दिएनन।’


कालीझोडा, 14 सेप्टेम्बर


टिस्टा नदीको जल स्तर अचानक बढेको कारण हाइवेवासी घर छोडेर भाग्न थालेका छन्। राती अचानक टिस्टाको जल स्तर सँधै भन्दा धेरै बढेको थियो।  मानिसहरू घर छोडेर सुरक्षित स्थानतिर भागे। टिस्टाको जल स्तर बढेपछि रम्फु, भालुखोला अनि मल्लीवासीहरू घर छोडेर अन्यत्र ठाउँ सरे।

रम्फु थाना अनि मल्ली आउट पोष्टका पुलिसद्वारा क्षेत्रवासीलाई सुरक्षित स्थानमा राखिने काम भएको थियो। मल्ली निवासी नजमा खातुन, पिटर खवास, विवेक खवासले जलस्तर बढिरहे समस्या जटिल हुने बताए।

‘यसरी पानी बढ्ने सङ्केत सम्बन्धित  विभागहरूलाई  अघिबाटै हुँदाहुँदै पनि हामीलाई भने पहिले नै जानकारी किन दिएन?,’ पिटर खवासले भने,  ‘एनएचपिसीलाई यसबारे अगावै थाह हुनु पर्ने हो तर रातीसम्म पनि कुनै माइकिङ अथवा सामाचार भने दिएनन।’

अर्कोतिर एनएचपिसीबाट टिस्टाको जल स्तर हेर्न खटाएका मजदुर  पूर्णे  छेत्रीले हाल सम्मको जल स्तरकोतुलनामा हिजो रातीको जलस्तर सबैभन्दा बेसी हो। पानीले वाटर लेवलको माथिल्लो लेवल पनि पार गरेको थियो।

हाइवे 10 अन्तर्गत सेवक, कालिझोडा, गेलखोला, उन्तिस माईल, टिस्टा, मल्ली , भालु खोला अनि रम्फु आदि क्षेत्रहरू हाल टिस्टा नदीको प्रकोपबाट प्रवाहित हुने इलाकाहरू हो। हाल यी क्षेत्रहरूको सुरक्षालाई लिएर एनएचपिसी विभागले टिस्टाको जलस्तर बड्नसाथै माइकिङ्गद्वारा सावधानी गराइने गरिरहेको नै छ। तर हिजोको घटनादेखि भने हाल हाइवेवासी धेरै चिन्तित देखिन्छन्।

यसै बिषयमाथि एनएचपिसीको लापरवाही विरूद्ध मल्लिको अनुदान संस्थाले कालेबुङ थानामा प्राथमिक दर्ता गरिने विवेक खवासले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares