ममता व्यानर्जीको आरोप-: ‘केन्द्रले मेरो शिकागो यात्रा रोकिदियो’ : विदेश मन्त्रालयको स्पष्टिकरण-: ‘उनको यात्राको स्विकृतिको लागि कुनै अनुरोध आएको छैन’

कलकत्ता, 14 सेप्टेम्बर


मुख्यमन्त्री ममता व्यानर्जीले भनेकी थिइन्, ‘मैले त रामकृष्ण मिशनबाट निम्तो पनि पाएको थिएँ। तर केही मानिसहरूले रोकिदियो। म  रामकृष्ण मिशनलाई दोष दिन चाहान्न, किन भने मिशनले धम्की पाएको छ।’

अमेरिकाको शिकागो शहरमा स्वामी विवेकानन्दले ऐतिहासिक भाषण दिएको 125 औं वार्षिकी मनाइरहेको छ। जहाँ जान चाहन्थिन् ममता व्यानर्जी। तर भाजपा एवं केन्द्र सरकारले षडयन्त्र गरेर उनको शिकागो यात्रा रोकिदिएको दाबी उनले गरेकी थिइन्।

तर विदेश मन्त्रालयले उनको दाबीलाई झुटो बताएको छ। ममता व्यानर्जीको दाबी थियो, केन्द्र सरकारले उनलाई विश्व हिन्दू सम्मलेनमा अंशग्रहण गर्न शिकागो जाने अनुमति दिइरहेको छैन।

तर विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने, ‘विदेश मन्त्रालयलाई अहिलेसम्म  ममता व्यानर्जीले शिकागो यात्रा एवं विश्व हिन्दू सम्मलेनमा अंशग्रहण गर्नेबारे कुनै जानकारी छैन। उनलाई शिकागो यात्राको स्वीकृतिको लागि कसैले कुनै अनुरोध गरेको पत्र आएको छैन। कसैको अनुरोध नै नआएकोले उनको यात्रालाई स्वीकति दिने कुरा आएन। तर उनको स्वीकृति रोकिएको भने होइन।’

यता ममता व्यानर्जीलाई शिकागो जाने रहर निक्कै लागेको छ। एउटा कार्यक्रममा आफू शिकागो जान नपाएको झोंक निकालिन्। उनको सोझो आरोप छ, केन्द्रले उनको यात्रा रोकिदिएको हो। तर विदेश मन्त्रालयको कुरा सफा छ, उनी शिकागो जानेबारे कसैले मन्त्रालयलाई स्वीकृतिको लागि अनुरोध नै पठाएको छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares