रोङ्गो हाईस्कूलका विद्यार्थी तर्क प्रतियोगितामा जिल्ला टप्पर:  राज्य स्तरका निम्ति कलकत्ता जाँदै

कालेबुङ, 14 सितम्बर: रोङ्गो उच्चतर माध्यमिक विद्यालयका आठौँ श्रेणीका विद्यार्थी अभिन्न तामाङ कक्षा 5 देखि 8 वर्गको तर्क प्रतियोगितामा कालेबुङ जिल्ला टप्पर बनेपछि शनिबार राज्य स्तरीय प्रतियोगितामा अङ्शग्रहण गर्न कलकत्ता प्रस्थान भइरहेका छन्।

स्वामी विवेकानन्दको शिकागो सम्भाषणको 125 औँ वर्षगाठमा आयोजित जिल्ला तर्क प्रतियोगिताको कक्षा 5 देखि 8 वर्गमा अभिन्न तामाङ प्रथम बनेका थिए।

45 नम्बर समष्टिको सुदुरवर्ती क्षेत्रमा पर्ने रोङ्गोबाट गएर जिल्ला प्रतियोगिता जितेपछि राज्य स्तरको निम्ति छनौट भएकोमा आज रोङ्गो उच्चतर माध्यमिक विद्यालयका शिक्षक प्रभारी रेमोण्ड फुदोङ लगायत शिक्षक-अशिक्षण कर्मचारी एवं विद्यार्थीहरूले शुभकामना व्यक्त गरेका छन्।

अब राज्य स्तरीय प्रतियोगिताको निम्ति पनि आफू तयार रहेको अनि भोलि कलकत्ता प्रस्थान भइरहेको विद्यार्थी अभिन्न तामाङले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया