कमुदिनीमा अन्तर आश्रम तर्क प्रतियोगिता

कालेबुङ, 14 सितम्बर: कुमुदिनी विद्याश्रममा आज अन्तर आश्रम तर्क प्रतियोगिता सम्पन्न भयो। कुमुदिनी विद्याश्रमले प्रत्येक वर्ष गर्ने विविध प्रतियोगितामध्ये एक तर्क प्रतियोगितामा जीटीए सदस्य सञ्चबीर सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने जुब्ली हाई स्कूलका शिक्षक प्रभारी मणि भुजेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

स्कूलका प्राचार्य वाईएस घिसिङको अध्यक्षतामा सम्पन्न तर्क प्रतियोगिताबारे जानकारी दिँदै स्कूलका शिक्षक सिताराम काफ्लेले तर्क प्रतियोगिताको क्षेत्रमा विगतदेखि आजसम्म कमुदिनीको विशेष पहिचान रहेको बताए। त्यही परम्परालाई यतावत राख्दै वर्तमान प्रतिष्पर्द्धाको युगमा तर्क प्रतियोगिता शिक्षाको एउटा प्रमुख विषय रहेको जसले गर्दा नानीहरूको बौधिक विकासमा पनि सहयोग पुग्ने उनले बताए। यसरी नै स्कूलमा आज चेस प्रतियोगिता पनि सम्पन्न भएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares