मोर्चाको पेदोङ समष्टि विघटन

कालेबुङ, 14 सितम्बर: गोजमुमोको 40 नम्बर पेदोङ समष्टि बिघटन गरिएको छ। पार्टीको केन्द्रिय समितिको बैठकमा 40 नम्बर समष्टि कमिटी विघटन गरिएको हो। पार्टीको स्थायी समिति गठन नभएसम्म  मोर्चा केन्द्रीय सदस्य रूदेन लेप्चालाई समष्टि प्रभारी नियुक्ति गरिएको छ। एउटा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीका जिल्ला प्रवक्ता भुवन खनालले जानकारी दिएका छन्।

विशेष गरी पेदोङमा सङ्गठनलाई अझ सशक्त बनानउ पुरानो समितिलाई बिघटन गरिएको अनि पछिबाट नयाँ स्थायी समिति बनाइने खनालले जनाए। यसरी नै 40 नम्बर समष्टिमा युवा मोर्चाको समष्टि कमिटी पनि विघटन गरिएको युवा सचिव अमीर बस्नेतले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares