सिक्किममा पैह्रोको ताण्डव

गान्तोक, 14 सितम्बर।


वर्खाको अन्ततिर सिक्किम राज्य पैह्रो गस्त बनेको छ। अहिले राज्यको पश्चिम र उत्तर जिल्ला पैह्रो पिडाले अस्तव्यस्त बनेको छ।

सिक्किमको उत्तर जिल्लामा गत आइतबारदेखि लागातार मुसलधारे पानी परेर जनजीवन अस्तवयस्त पारेको छ। उत्तर जिल्काको जङ्गु, मगन, लाचेन, मागशिला र अन्य क्षेत्रमा पैह्रोले धेरै घरहरू क्षतिग्रस्त पारेको छ। जिल्ला मुख्यालय मगनको सम्पर्क राजधानी गान्तोकसित विक्षिन्न भएको छ। अम्बिथाङमा गएको पैह्रोले गर्दा राजधानीगामी बाटो चुट्टिएको छ।

यसैगरि मगनदेखि चुङथाङ जाने सड़क राफोङ खोलको पुल चुडिएपछि पूर्ण रूपमा बन्द भएको छ। जसले गर्दा राजधानी र जिल्ला मुख्यालयबाट चुङथाङ, लाचेन, लाचुङ, युमथाङ र गुरुदोङमार जस्ता पर्यटकीय गन्तव्यहरूको यातायात पूर्ण रूपमा बाधित बनेको छ। यसैगरि पैह्रोको बारेमा चर्चित भइसकेको मानताम झील नजिक गएको पैह्रोले अप्पर जङ्गुका सबै क्षेत्र सम्पर्कहीन बनेको छ। पैह्रोले गर्दा लगभग पचास घरलाई क्षतिपुगेको जिल्ला प्रशासनले बताएको छ। खतरामा परेका घर-परिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा सर्ने आदेश दिइएको छ।

पैह्रोग्रस्त क्षेत्रहरूको निरिक्षण जिल्लापाल कर्मा आर बोन्पो, एसडीएम, आपदा प्रबन्धन विभागका प्रतिनिधि, पुलिस कर्मीको उपस्थितिमा मगन, माङशिला, जङ्गु क्षेत्रको क्षतिग्रस्त इलाकाको निरक्षिण भ्रमण गरेर आँकलन गरिएको जानकारी सूचना तथा जनसंपर्क विभाग उत्तर जिल्लाले दिएको छ। पैह्रोको कारण आज उत्तर जिल्लाको सबै पाठशालाहरू बन्द रह्यो।

यसैगरि उत्तर जिल्लामा रहेको विभिन्न जल विद्युत परियोजनाहरूलाई पनि 24 घण्टै सतर्क रहने निर्देश जारी गरिएको छ। यसैगरि पश्चिम सिक्किमको जोरथाङ लेगसेप रोडमा भीषण पैह्रो गएको कारण सड़क सम्पर्क पूर्ण रूपमा विक्षिन्न भएको छ। समग्रमा अहिले सिक्किम पैह्रोग्रस्त राज्य बनेको छ। जसले गर्दा राज्यको विशेष उत्तर र पश्चिम जिल्लाको विभिन्न ठाउँ पैह्रोको चपेटमा रहेको छ। पश्चिम जिल्लामा गत सप्ताहदेखि लगभग 51 ठाउँमा पैह्रो चलेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares