पगला खोला बन्यो पगला : ग्रामबासीले मैदानमा बिताए रात

खरसाङ, 14 सेप्टेम्बर


खरसाङ महकुमाको पङ्खाबारी-लङ्गभ्यू-अम्बटे समष्टि अन्तर्गत गाडीधुराको लोअर अमृत बस्तीमा हिजो रातभरि परेको  मुसलधारे वर्षाले गाउँमा रातभरि संत्रास  सृष्टि गरेको जानकारी प्राप्त भएको छ।

गाउँलेहरूले जनाए अनुसार यहाँको पगला खोलाले भयावह स्थिति सृजना गरेकोले गाउँलेहरू त्रसित बने। उनीहरू खुला मैदानमा रातभरि जागै बसे।  मोर्चाका नेताहरूले क्षेत्ररो निरिक्षण गरेको छ। विगत 3 सालअघि पनि पगला र तिरसट्टी खोलामा सुरक्षा देवाल वा बाँध बाध्ने कार्य भए पनि कम्ती लागत भएको हुनाले स्थायी बन्दोबस्त नभएको स्थानीयहरूले जनाएका छन्।

यस विषयमा सिञ्चाई विभाग र खण्ड विकाश अधिकारीलाई पनि सम्पर्क गरी गोजमुमो खरसाङ महकुमा समितिका टोलीले जानकारी दिइसकेको र यस क्षेत्रको समस्या स्थायी रूपममा गरिदिने आह्वान पनि गरेको बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares