धराप बिजनबारी पुलमा मालवाहक गाडी निषेध

बिजनबारी, 14 सेप्टेम्बर


६० को दशकमा निर्माण भएको पुल बजार पुलमा अब मालबाहक गाडी कुद्न पाउने छैन। पहिलेबाट नै पुल धराप अवस्थामा रहेकोले यहाँ भारी वहानहरू कुद्न असुरक्षित मानिँदै आएको छ। मानिसहरूको सुरक्षालाई मध्य नजर राख्दै ठुला मालवाहक गाडीहरू कुदाउन प्रशासनले हिजोदेखि पूर्णत बन्द गरेको छ।

यो घोषणाले खण्डबासी ठूलो मर्कामा परेका छन्। ‘पुल मरम्मति नगरेर मालवाहक गाडीलाई कुद्न निषेधमात्र गर्ने हो त?,’ स्थानीयहरूले प्रश्न गरेका छन्। उनीहरूले समस्या चाँडो समाधान हुनपर्ने माग गरेका छन्। पुलमा यात्रुवाहक गाडी लगायत साना मालवाहक  वहान (पिकअप) भने कुदाउन पाइने भएको छ।

पुलमा व्यारिकेट लगाइएको छ। सुरक्षाको निम्ति सिभिक पुलिस सक्रिय छन्।

आजभन्दा लगभग तीन वर्ष अधि नै सुरक्षाको कारण पुलबाट एउटा गाडी एकपटक कुदाउने अनुमति दिँदै आएको थियो। हिजो १३ सितम्बरदेखि बिजनबारीको मुख्य प्रवेशद्वार मानिने पुलबजारस्थित लगभग तीन सय मिटर भन्दा लामो फलाम अनि कङ्क्रिटले बनिएको पुलमा मालवाहक गाडी कुदेको छैन।

पुलबाट तीन सय भन्दा अधिक मालवाहक वाहनहरू यस क्षेत्रबाट इस्कूस लिएर सिलगढी अनि सिलगढीबाट दैनिक रूपमा उपभोग गरिने सामाग्रीहरू लिएर आउनेजाने गरेको छ। उनीहरूलाई भने निक्कै गाह्रो हुने देखिएको छ। कतिदिन पुलमा गाडी नचल्ने हो कुनै निश्चित छैन। निषेध मात्रै गर्ने हो कि जिटिएले मरम्मति पनि गर्ने हो, त्यो पनि निश्चित छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares