गणेश चतुर्थी पूजामा स्वास्थ्य जाँच

प्रवीण कौशिक, रङ्गबुल, 14 सेप्टेम्बर


सङ्कट मोचन गणेश मन्दिर जो राष्ट्रीय राजमार्ग ५५ को सड़क किनारा रङ्गबुल फाटक मै अवस्थित छ। जसको स्थापना सन् २०११ सालमा  स्थानीय रित्विक तामाङले उनको स्वर्गीय पिताको स्मृतिमा निर्माण गरेका हुन्।

मन्दिर परिचालक समितिले सामाजिक जागरूकता कार्यक्रमहरू पनि बेला बेला आयोजन गर्दै आइरहेको छ। आर्थिक विपन्न परिवारलाई भ्याए अनुसार आर्थिक सहयोग पनि गर्दै आइरहेको छ। यसै मन्दिरमा गत १३ सेप्टेम्बरदेखि गणेश चतुर्थी पूजा चलिरहेको छ। आयोजक समितीका सदस्य रूपेश छेत्रीले दिएकोजानकारी अनुसार उक्त पूजा समारोह १३ २२ सेप्टेम्बरसम्म हुनेछ।

हरेक दिन नै पूजा अर्चना, भजन किर्तन बाहेक अन्य कार्यक्रमहरू गरिनेछ। १८ सेप्टेम्बर बिहान दश बजीदेखि पूजा आयोजन स्थलमै निःशुल्क स्वास्थ्य शिविर हुनेछ। ब्लडसुगर, ब्लड हेमोग्लोबिन, मलेरिया, ब्लड सुगर बाहेक अन्य अन्य रोगहरू पनि जचाँउन सकिने समितिले बताएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares