केन्द्रमा काङ्ग्रेसको सरकार आयो भने गोर्खाल्याण्ड राज्य गठन प्रक्रिया शुरु गरिनेछ- विजेन्द्र प्रताप सिंह

दार्जीलिङमा ‘भारतीय गोर्खाहरूको देशभक्ति’-बारे सेमिनार गरिनेछ। यो सेमिनारमा पार्टीका राष्ट्रीय अध्यक्ष राहुल गान्धीलाई बोलाइनेछ, यदि उनी कुनै कारणले उपस्थित बन्न सकेनन् भने पनि अन्य केन्द्रिय नेताहरूलाई बोलाइनेछ।’


दार्जीलिङ, 14 सेप्टेम्बर


केन्द्रमा काङ्ग्रेसको सरकार आयो भने गोर्खाल्याण्ड राज्य गठन प्रक्रिया शुरु गरिनेछ-  ‘केन्द्रमा काङ्ग्रेसको सरकार आयो भने गोर्खाल्याण्ड राज्य गठनको प्रक्रिया शुरु गरिनेछ,’ अल इण्डिया काङ्ग्रेस कमेटीका सचिव विजेन्द्र प्रताप सिंहले भने। उनी दार्जीलिङ जिल्ला हिल काङ्ग्रेसले गरेको ऱ्यालीमा अंशग्रहण गर्न दार्जीलिङ आएका थिए।

राफेल घोटाला, एनआरसी र बढ़्दो पेट्रोल-डिजल मूल्य वृद्धिको विरोध ऱ्याली निकालिएको थियो।    ऱ्याली अघि दार्जीलिङ जिल्ला हिल काङ्ग्रेस कमिटीको कार्यालयमा सिंहले पहाड़का पार्टी नेतृत्व अनि समर्थकहरूसित बैठक गरे। बैठकमा विधायक शङ्कर मालाकार, पूर्व सांसद दावा नर्बुला, अलताप हुसैनसहित अन्य नेतृत्वगण उपस्थित थिए।

सिंहले भाजपाको खुलेर विरोध गरे। उनले भाजपाले काला धन फिर्ता नल्याएकोदेखि देशलाई महङ्गाई दिएकोसम्म बताए। विभिन्न भ्रष्टाचारबारे पनि उनले आलोचना गरे। यता गोर्खाल्याण्डसम्म उनले काङ्ग्रेसको धारणा राखे। ‘नेपाली भाषाले काङ्ग्रेस शाषणकालमा मान्यता पाएको हो,’ उनले भने, ‘लोकसभा चुनाउमा केन्द्रमा काङ्ग्रेसको सरकार बन्यो भने गोर्खाल्याण्ड राज्य पनि बनिनेछ।’

यता विधायक शङ्कर मालाकारले देशलाई गोर्खाहरूले दिएको योगदानको खुलेर चर्चा गरे। उनले दार्जीलिङमा ‘भारतीय गोर्खाहरूको देशभक्ति’-बारे सेमिनार गर्ने पनि जनाए। यो सेमिनारमा पार्टीका राष्ट्रीय अध्यक्ष राहुल गान्धीलाई बोलाइनेछ,’ उनले भने, ‘यदि उनी कुनै कारणले उपस्थित बन्न सकेनन् भने पनि अन्य केन्द्रिय नेताहरूलाई बोलाइनेछ।’

उनले प्रत्येक महिना दार्जीलिङ जिल्लामा ऱ्याली निकाल्ने अनि चुनाउमा भाजपा विरोधी दलहरूसित गठबन्धन गर्ने पनि जनाए। बैठकपछि चौकबजारदेखि ऱ्याली निकालिएको थियो, जो जिल्लापाल कार्यालयसम्म पुगेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares