अन्तरविद्यालय चेस प्रतियोगिता : सप्तश्री ज्ञानपीठका शुभम र आरोहणले जिते फाइनल

खरसाङ, 15 सेप्टेम्बर


हिमाली बोर्डिङ स्कूल खरसाङले अन्तरविद्यालय आमन्त्रित चेस प्रतियोगिता राखेको थियो। कालेबुङ र दार्जीलिङ गरी 10 वटा स्कूलबीच खेल भएको थियो भने 41 जना विद्यार्थी प्रतियोगीहरू आपसमा भिडेका थिए।

विभिन्न स्कूलका विद्यार्थीहरूबीच चलेको खेलको जुनियर डिभिजन फाइनल खेलमा हिमाली बोर्डिङ स्कूल भर्सेस सप्तश्री ज्ञानपीठबीच खेला भएको थियो। हिमाली बोर्डिङ स्कूललाई प्रतिनिधित्व गर्दै विद्यार्थी उत्कर्ष शाह अनि सप्तश्री ज्ञानपीठलाई प्रतिनिधित्व गर्दै विद्यार्थी आरोहण बोगटीले फाइनलमा भाग लिएका थिए।

खेलमा आरोहण बोगटीले जित हासिल गरे। उसैगरी सिनियर डिभिजन फाइनल खेल पनि सेन्ट अगस्टिन स्कूल दार्जीलिङ अनि सप्तश्री ज्ञानपीठबीच भएको थियो। सप्तश्री ज्ञानपीठका विद्यार्थी शुभम राईले फाइनल जिते। सप्तश्रीका कोच सञ्जय शर्माले प्रतिनिधित्व गरेको टोलीमा एघाह्रौं श्रेणीका सिमरन छेत्री, आठौं श्रेणीका गौरभ प्रसाद, बाह्रौं श्रेणीका शुभम राई अनि सातौं श्रेणीका आरोहण बोगटी रहेका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares