स्व. अशोक लामा अनि स्व. उर्मिला तामङ मेमोरियल गोल्ड कप शुरू

सञ्जीव मोहोरा, सोनादा १७ सेप्टेम्बर


मार्गरेट्सहोप चियाबारीको खेलमैदानमा स्व.अशोक लामा अनि स्व. उर्मिला तामाङ स्मारक स्वर्ण कप फुबल टुर्नामेन्ट शुरू भयो। मार्गरेट्सहोप फूटबल क्लबद्वारा  आयोजना गरिएको  उक्त प्रतियोगितामा  बिजेता दललाई स्वर्णकप सहित ३० हजार नगद राशि दिइनेछ।

उपबिजेता दललाई २० हजार नगद राशि सहित स्व .उर्मिला तामाङ स्मारक ट्रफी पनि प्रदान गरिनेछ। आजको शुभारम्भ कार्यक्रमको मुख्य अथिति दार्जीलिङ सरकारी महाविद्यालय प्रिन्सिपल-इन- चार्ज डा. प्रज्वल चन्द लामा, अथितिहरू  मार्गरेट्सहोप चियाबारीका  सहप्रबन्धकद्वय राम कुमार राई, बिकाश कुमार सिंह, अन्य अथितिहरू एस.पी.खालिङ, हरि खालिङ, जे.बी.धिताल, ट्रफी दाता मोतिलाल तामाङ र उनका परिवार मनिश तामाङ, बी.बी.कार्की र अन्यको उपस्थित थियो।

शुरूआती म्याचमा विभिन्न रङारङ कार्यक्रमसहित मार्गरेट्सहोप हाई स्कुलका विद्यार्थीहरूद्वारा सांस्कृतिक नृत्यहरू प्रस्तुत गरियो। शुरूवाती म्याच बागोडा युथ क्लब बनाम मार्गरेट्सहोप हाई स्कुलका खेलाडीहरू माझमा सम्पन्न भयो। मुख्य अथिति डा.प्रफुल चन्द लामाले खेलाडीहरूसित परिचय आदन प्रदान गर्दै फस्ट किक गरेर शुरूवाती म्याचको शुभारम्भ गरे।

खेलको दोस्रो हाफमा मार्गरेट्सहोप हाई स्कुलका खेलाडी जर्सी न.७ अर्पण खवासले लगातार दुई गोल गरेर बागोडा युथ क्लबलाई शुन्यको विरूद्ध २ गोल गरेर पहिलो म्याचमा बिजय भए। यस म्याचमा म्यान अफ द म्याच पनि मार्गरेट्सहोप हाई स्कुलका जर्सी न. ७ अर्पण खवासलाई नै प्रदान गरियो। दोस्रो म्याच एम.एस.के.रिङटाङ र बालासन माझ भयो। उक्त शुरूवाती कार्यक्रमको सञ्चालनन जनकुमार सुब्बा र किरण छेत्रीले गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares