16 औँ कालेबुङ हाफ म्यारथन एसयूएमआईको झोलीमा: विकास अनि शिक्षाले हत्याइन् खिताब

कालेबुङ, 20 सितम्बर


16 औँ कालेबुङ हाफ म्यारथन एसयूएमआईका विद्यार्थी विकास भुजेल अनि शिक्षा राईले जितेकी छन्। कुमिदिनी परिवारले आयोजना गरेको 16 औँ हाफ म्यारथनमा 30 वटा स्कूलबाट आएका धावकहरूलाई पछि पार्दै छात्र अनि छात्रा दुवै वर्गमा एसयूएमआई विजय बनेको हो।
डम्बरचोकबाट शुरू भएको 21 किलोमिटरको अन्तर विद्यालय हाफ म्यारथन विकास राईले 1 घण्टा 29 मिनटमा पूरा गरेर प्रथम बनेका थिए। यसरी नै कमुदिनी विद्याश्रमाका छात्र सचिन राईले 1 घण्टा 32 मिनटमा लक्ष्य पूरा गरेर दोस्रो बनेका थिए भने एसयूएमआईकै छात्र मोहमद मजारुद्दिनले 1 घण्टा 35 मिनटमा दुरी पूरा गरेर तेस्रो स्थान ओगट्न सफल बने।

यसरी नै छात्रावर्गमा एसयूएमआकी छात्रा शिक्षा राईले 1 घण्टा 38 मिनटमा 14 किलोमिटरको दुरी पूरा गरेर प्रथम बनिन्। यसरी नै गङ्गोत्री उच्चतर माध्यमिक विद्यालयका छात्रा बबिता आचार्यले 1 घण्टा 43 मिनट अनि सुरुक हाई स्कूलका छात्रा प्रिया तामाङले 1 घण्टा 47 मिनटमा दुरी पूरा गरेर क्रमैले दोस्रो अनि तेस्रो स्थान ओगट्न सफल बनिन्।

म्याथनको क्षेत्रमा कालेबुङमा अलग्गै परम्परा स्थापित गरिसकेको कुमिदिनी विद्याश्रमले आज 16 औँ कालेबुङ हाफ म्यारथसितै अन्त विद्यालय खेलकुद प्रतियोगिता पनि सम्पन्न भएको थियो। प्रतियोगितामा विद्याश्रमका पूर्व विद्यार्थी भुटान निवासी एमके राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने भूटानकै पूर्व विद्यार्थी जेम छिरिङ डुक्पा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा कालेबुङ ट्राफिकका डीएसपी ए. खान. परिवारका आजीवन सदस्य बीबी ब्लोन, सोनाम भोटिया, कालेबुङ युनाइटेट भेटरेन्सका अध्यक्ष युवराज छेत्री आदि सम्माननीय अतिथिका रूपमा उपस्थित थिए।

कुमुदिनी परिवारका सचिव प्रवीण राईले भने अनुसार परिवारले वर्षैपछि उक्त प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। यस प्रतियोगिताद्वारा कालेबुङ वरपर क्षेत्रका विद्यार्थीहरूले खेलकुदको क्षेत्रमा अघि बढ्ने अवसर पाइरहेको बताए। कुमुदिनी परिवारद्वारा आयोजना गरिने म्यारथनमा विजय धावकहरूलाई रन् विथ रोशनीको ब्यानरमा राष्ट्रिय स्तरसम्म कुद्ने अवसर प्राप्त भइरहेको पनि उनले बताए। आजको कार्यक्रमबीच परिवारद्वारा सिक्किमका अन्तराष्ट्रिय धावक अमर सुब्बा साथै कालेबुङका पुराना धावकहरूलाई पनि सम्मान जनाएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares