प्रधानमन्त्रीलाई हाम्रो सप्पै माग थाहा छ, अघिबाटै माग राखिसकेका छौंः मुख्यमन्त्री चामलिङ

गान्तोक, 22 सेप्टेम्बर। हाम्रो सिक्किम पार्टीका उपाध्यक्ष भाइचुङ भोटियाले 2019 मा एसडीएफको सरकार आउॅंदैन आउॅंदैन भनेर दिएको वक्तत्वयप्रति एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले प्रतिक्रिया दिएका छन्। आफ्नो 68औं जन्म दिवसको अवसरमा मिन्तोकगाङमा पत्रकारहरूसॅंग कुराकानी गर्दै मुख्यमन्त्री चामलिङले व्यङ्गय गर्दै भने, ‘भाइचुङलाई थाहा होला हाम्रो सरकार आउॅंदैन भनेर। भाइचुङले हाम्रो टोक्री खाली गराउॅंछन् होला। 50 प्रतिशत जनता आफ्नो पक्षमा ल्याउन सके भने हाम्रो टोक्री खाली गराउनु केही ठूलो कुरा होइन। तर, भाइचुङ एक्लैले चाहीं हामीलाई हराउनु सक्दैनन्। भाइचुङसॅंग जनता पनि हुनुपर्छ। जनता छ के त भाइचुङसॅंग?।’

मुख्यमन्त्री चामलिङले राष्ट्रिय एउटा पार्टीलाई दश सीट दिने भनी चिट्टी लेखेको भन्ने भाइचुङ भोटियाको आरोपप्रति मुख्यमन्त्रीलाई पत्रकारहरूले प्रश्न गर्दा उनले हॉंस्दै जवाफ दिए अनि भने, ‘ककसले के के भन्छन् त्यसको जवाफ दिनु मेरो कारण होइन। जसले यस्ता कुराहरू गर्दैछन् उनीहरूले त्यो चिट्टी चाहीं जनतामा सार्वजनिक गर्नुपर्यो। मलाई यस्ता अप्रसाङगिक कुराहरूको जवाफ दिनु जरूरी लाग्दैन।’

प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणबारे मुख्यमन्त्रीलाई प्रश्न गर्दा उनले भने, ‘प्रधानमन्त्री मोदी दोस्रो पल्ट सिक्किम आउनुहॅंदैछ। वहॉंलाई सिक्किम र सिक्किमे जनताको तर्फबाट स्वागत छ। पाकिम हवाई अड्डा निर्माण भइसकेको छ। प्रधानमन्त्रीले यस्तो उद्घाटन गर्नु हाम्रो निम्ति भाग्य हो। पाकिम हवाई अड्डाले सिक्किमको पर्यटन व्यवसायलाई अझ मजबूत बनाउने छ।’

प्रधानमन्त्रीलाई सिक्किमको राजनैतिक मागहरू राखिन्छ भनेर प्रश्न गर्दा मुख्यमन्त्रीले भने, ‘प्रधानमन्त्री मोदीलाई सिक्किमका जम्मै राजनैतिक मागहरूबारे थाहा छ। हामीले अघिबाटै धेरै चोटी प्रधानमन्त्रीसॅंग कुरा राखिसकेका छौ। यस चोटी पनि अवश्य नै प्रधानमन्त्रीलाई राजनैतिक मागबारे अवगत गराइने छ।’ यसै क्रममा मुख्यमन्त्रीले पत्रकारहरूसॅंग कुराकानी गर्दै सिक्किमका विभिन्न राजनैतिक विषयहरूमाथि पनि आफ्नो पक्ष राखे। मुख्यमन्त्रीले पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘आज म देशकै सबै भन्दा लामो कार्यकालसम्म कार्य गर्ने मुख्यमन्त्री हुँ   । तर, यो सत्यतालाई राज्यका तमाम विपक्षीहरूले स्वीकार गर्नु सकेका छैनन्। उनीहरूले मलाई गाली गरे पनि भाषा या सामाजिक संजालहरूमा कम से कम सबै भन्दा लामो मुख्यमन्त्री भएकोमा बधाई छ, तर हामी मुख्यमन्त्रीको अरू विषयहरूमा आपत्ति छ भने भाषण गर्दा हुने हो, तर उनीहरूकोमा त्यति नैतिकता पनि छैन।’

मुख्मन्त्रीले यसै क्रममा हाम्रो सिक्किम पार्टीका नेता केएन उप्रेतीप्रति पनि व्याङ्ग्य गरे। मुख्यमन्त्रीले भने, ‘रत्नाकरको रूपमा राजनैतिक बनवास गएका व्यक्ति 25 वर्षपछि फर्केर आउॅंदा पनि बाल्मिकी हुन सकेनछ। उनले सिक्किमलाई 25 वर्ष अघि कै सिक्किम सम्झीरहेका रहेछन्। उनी भ्रममै छन्। कालोदारी लिएर राजनैतिक वनवास गएका मान्छे, सेतो दारी भएर फर्किन्दा पनि उस्तै रहेछन्। अब रिनाकमा गएर म यस्तै भाषण गर्नुपर्यो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन