अघोषित रुपमा बन्द रहेको पेशोक चियाबगानमा पत्ती टिप्ने कार्य शुरू

रिमल मोक्तान/ पेशोक, 23 सितम्बर: अन्ततः पेशोक चियाबगान कमिटीको देखरेखमा हरियो चिया पत्ती टिप्ने कार्य हुन् थाल्यो। अलकेमिष्ट देखि ट्राइटेन्ड कम्पनीकहाँ हस्तान्तरण गरिएको तर अघोषित रुपमा हालसम्म बन्द रहेको पेशोक चियाबगानमा गत मई महिनाको १५ तारिख देखि चियापत्ती टिपेर बिक्री गर्न शुरु गरिएको जानकारी बगानका बडाबाबु फिलिप सुब्बाले दिएका छन्। टी गार्ड्न वर्कर्स कमिटी नामले गठन गरिएको उक्त कमिटीको देखरेखमा हाल काँचो चियापत्ती टिपेर छिमेकी बगान लप्चु चियाबगनलाई बिक्री गर्न थालिएको छ। उक्त कार्यको निम्ति जिल्लापाल अनि खण्ड विकास अधिकारीको दिशा निर्देश एवं सहयोग सराहनीय रहेको पनि बडाबाबु सुब्बाको भनाई रहेको छ। काँचो चियापत्ती टिपेर अन्य चियाबारी (लप्चुलाई) बिक्री गरिनेबारे जिल्लापाल, तकदाह खण्ड विकास अधिकारी लगायत श्रमायुक्त दार्जीलिङ, एसपी दार्जीलिङ, टि बोर्ड आदिलाई जानकारी गराइसकेको बडाबाबुले बताएका छन्।

सरकारसँगको धेरैचोटीको बैठकहरुमा बन्द बगानको बकाया राशी,  बोनस एवं अन्य राशीहरुको भुक्तान गर्ने वचन दिइए तापनि आज पर्यन्त कुनै पनि सहुलियतहरू बगानको मालिकपक्षबाट नपाएको तितो सत्य पेशोक चियाबगानवासीले भुलेका छैनन् भने बन्द चियाबगानका ती बगानमा आश्रित चिया श्रमिकहरूको आर्थिक विपन्नतालाई मध्यनजर गरेर बगानका सचेत कर्मचारी अनि बडाबाबुको अथक प्रयासमा चियाबगान श्रमिक समिति गठन गरि उनीहरूको आर्थिक स्थितिलाई केही हदसम्म समाधान गर्नहेतु काँचो चियापत्ती टिपेर बिक्री गरिने योजना बनाइएको बडाबाबु बताउछन् भने यस महत कार्यमा बगानका फिल्ड अनि अफिस कर्मचारीवर्गको पनि सहयोग रहेकोले आज ती चियाश्रमिकहरूले काँचो चियापत्ती  २५ रुपियाँ प्रतिकेजी पाइरहेको छ।

उनीहरुको अर्थिक स्थितिमा थप सहयोग पुगेको बढाबाबुले बताए। अर्कातिर बगानका स्वास्थ्य विभागका कर्मचारी पुर्ण बहादुर तामङ, कर्मचारी विजय तामाङ आदिले पनि समितिको यस कार्यमा सम्पूर्ण चियाश्रमिकाहरु सन्तुष्ट रहेको दावी गरे भने हाल काचो चिया बिक्री गरेर श्रमिकहरुलाई रकम दिइयो। तर हिउँदोमा के गर्ने भन्ने प्रश्नको जवाबमा हिउँदे समयमा गरिने कार्यहरू रङ्गली रङ्गलियट खण्ड विकास अधिकारीले दिएको प्रतिश्रुती अनुसार जब कार्ड मार्फत गराउन सकिनेछ भनी बबाडाबाबु बताउछन्।  32 सदस्यीय उक्त चियाबगान श्रमिक समितिले एक सहकारी समितिले झैँ कार्य गर्ने बताउँदै हाल बगानका चिया गाछहरू साफ सफाई गरी पत्ती टिप्ने गरिदैछ भने प्रत्येक पन्ध्रमा उनीहरुले खर्च पनि आफुले टिपेका चियापत्तीको आधारमा पाइरहेका छन्। जसले आफ्नो घर संसार चलाईरहेको दावी पनि बडाबाबु फिलिप सुब्बाले गरेका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया