सिक्किमको पहिलो विमानस्थल उद्घाटनको निम्ति गान्तोक आइपुगे  प्रधानमन्त्री मोदी 

गान्तोक, २३ सेप्टेम्बर, २०१८| देशको प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार अपराह्न लिविङ स्थित सेनाको हेलीप्याडमा अवतरण भए। 24 सितम्बरको दिन देशको 100औं तथा सिक्किमको पहिलो विमान स्थल पाकिम विमानस्थलको उद्घाटनको निम्ति उनी सिक्किम आएको हुन्। प्रधामन्त्री मोदी आज राजभवनमा बसेर भोलि बिहान पाकिममा नवनिर्मित विमानस्थलको उद्घाटनको निम्ति पुग्नेछन्। जहाँ उले जनतलाई सन्त जेभियर्स स्कूलको खेल मैदानमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
राज्यपाल गंगा प्रसाद, मुख्यमन्त्री पवन चामलिङ, सांसदगण, विधानसभा अध्यक्ष उपाध्यक्ष, मन्त्रीगण, भाजपा राज्य एकाई अध्यक्ष आदिले प्रधानमन्त्री मोदीलाई लिबिङ हेलीप्याड पुगेर स्वागत गरे।
सिक्किमको भ्रमणमा रहेका प्रधानमन्त्री गान्तोक आइपुगेसँगै पत्रकारहरूसँग कुरा गर्दै केन्द्रिय पूर्वोत्तर क्षेत्र विकास मन्त्री डा. जितेन्द्र सिंहले यो सम्पूर्ण पूर्वोत्तर राज्यको निम्ति ऐतिहासिक क्षण रहेको र सम्पूर्ण देशले नै वास्तवमा यसको उत्सव मनाउनुपर्ने उनले बताए| भारतमा विलय भएको चालीस वर्षभन्दा धेरै समय बितिसकेको भए तापनि प्रधानमन्त्रीद्वारा यस पाहाडी राज्यको पहिलो विमान स्थलको उद्घाटन गर्दै विश्‍वको वायुमार्गमा सिक्किमलाई सामेल गर्न गइरहेको उनले बताए| 
पाकिम स्थित यो हवाई अड्डा भारत-चीन सीमादेखि करिब ६० किलोमिटर टाढा मात्र रहेको हुँदा सुरक्षा अनि सामरिक दृष्टिले महत्त्वपूर्ण ठहरिने बताए| भारतीय वायु सेनालाई आफ्नो वायु यानहरूको उडान भर्न र अवतरण भर्न धेरै सहज हुने उनले जानकारी दिए| 
पर्यटनको दृष्टिकोणले पनि बाह्रैमास सिक्किम पर्यटकहरूको लोकप्रिय गन्तव्य रहेको हुँदा यस क्षेत्रलाई धेरै टेवा दिने डा. जितेन्द्र सिंहले बताए| नयॉं विमानस्थल परिचालनमा आएसँगै पर्यटकहरूले हवाई यात्राको निम्ति पश्‍चिम बङ्गालको बाघडुग्रासम्म पुग्नुपर्ने बाध्यता समाप्त हुँदै यात्राको समय करिब पॉंच घण्टा घटेर जानेछ, उनले बताए| 
अनुमानित लागत ६०५ करोड रुपियॉंमा निर्माण गरिएको पाकिम विमानस्थल राज्यको अर्को विशेषता हो, जुन राज्यले बितेको तीन चार वर्षको अवधिमा भारतको पूर्ण जैविक राज्यका साथै प्रथम खुल्लामा दिसा-पिसाबमुक्त (ओडीएफ) राज्यको श्रेय र सम्मान हासिल गरिसकेको छ| 
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares