तीन दिने इन्द्रजात्रा भव्यसित सम्पन्न

गान्तोक, 23 सेप्टेम्बर। नेवार समुदायको मुख्य पर्व इन्द्रजात्रा राजधानी गान्तोकमा भव्यताको साथमा सम्पन्न भयो। वर्षा र सहकालको देउता इन्द्रको पूजा आराधाना गरि परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो इन्द्रजात्रा। यसलाई मुख्य रूपमा नेपालको काठमाण्डौ, ललितपूर, भक्तपूर र दोलाखामा मनाउने परम्परा भए पनि अहिले विश्वभरि नै नेवार समुदायको बसोबासो स्थलहरूमा यो पर्व मनाइन्छ। सिक्किम नेवार गुठीको आयोजनमा यो वर्षको इन्द्रजात्रा तीन दिवसीय रूपमा पालन गरिएको थियो। आज मुख्य इन्द्रजात्राको दिन भानु उद्यानमा विशेष पूजा अचर्नासितै कुमारीको रथयात्रा पुलुकिसी नृत्य र लाखे नाचसितै भव्य शोभायात्रा राजधानीमा निकालिएको थियो। बिहानको पूजा अर्चनाको समय मुख्यमन्त्री पवन चामलिङले कार्यक्रममा विशेष उपस्थिति दिएका थिए। मुख्यमन्त्री चामलिङले नेवार समुदायको परम्परागत पूजामा भाग लिए भने उनले नेवार समुदाय र सम्पूर्ण सिक्किमलेलाई पूर्वको शुभकामना पनि दिए। कार्यक्रममा मुख्यमन्त्रीलाई सिक्किम नेवार गुठीको तर्फबाट अभिनन्दन पनि जनाइएको थियो। दिउॅंसोको कार्यक्रम अन्तर्गत रथ यात्रा मुख्य आकर्षण रहेको थियो। यसका साथै परम्परागत नेवार भोजको विशेष आयोजन पनि गरिएको थियो। इन्द्रजात्राको समापन कार्यक्रम मनन भवनमा सम्पन्न भयो। यस वर्ष नेवा गुठीले नेवार समुदायको मिस्टर सिक्किम र मिस सिक्किम प्रतियोगिता, सांस्कृतिक प्रतियोगिता, अचार बनाउने प्रतियोगिता, परम्परागत खानपानको प्रतियोगितासितै नेवारी लोक परम्परा र संस्कृतिको झॉंकीहरू पनि प्रस्तुत गरिएको थियो। कुमारीको रथ यात्रा भानु उद्यानबाट शुरू भएर एमजी मार्ग हुॅंदै राष्ट्रिय राजमार्गबाट मनन केन्द्रमा पुगेर समापन भएको थियो।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares