देशमै सय पुग्यो हवाईअड्डा : प्रधानमन्त्रीले गरे सिक्किममा उद्घाटन

गान्तोक, 24 सेप्टेम्बर


प्रधानमन्त्री नरेन्द्र मोदीले पाक्योङमा सिक्किमको पहिलो हवाईअड्डाको उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशमा अघिल्लो सरकारको पालामा विकासको गति सुस्त रहेको र भाजपाको सरकार भने तीब्र रहेको बताए।

‘हामी त  सिक्किमलगायत पूर्वोत्तरको कनेक्टिभिटीलाई ढाँचा र भावानात्मक दुवै तरिकाले तीब्रता दिइरहेकाछौं,’ उनले भने, ‘पूर्वोत्तरलाई देश विकासको इञ्जिन बनाउन चाहान्छौं। यसै दिशामा काम पनि गरिरहेका छौं।’ उनीअनुसार पाक्योङलगायत  हवाईअड्डा सय पुग्यो। त्यसमा 35 वटा हवाईअड्डा पछिल्लो चारवर्षमा बढेको हो।

‘स्वाधिनतापछि अर्थात 67 वर्षसम्म पनि देशमा 65 वटा हवाइअड्डा मात्र थियो,’ उनले भने, ‘प्रत्येक वर्ष औसत 9 वटा गरेर चारवर्षमा हवाई अड्डा बनाइयो। धेरै ठाउँ पहिलोपल्ट रेल पुगेको छ। धेरै ठाउँ पहिलोपल्ट बिजुली पुगेको छ।’ उनले आफ्नो सरकारलाई खुब सर्काए। उनले राष्ट्रीय राजमार्ग चौडा गरेलगायत, गाउँमा सडक, पुल बनाइएको अनि भारतलाई डिजिटल इण्डियाकोरूपमा विस्तार गरिरहेको पनि बताए।
‘नर्थइष्टको विकासको प्रोग्रेस रिपोर्ट लिन म धेरैपल्ट आएँ, आइरहेछु,’ उनले भने, ‘सिक्किम, अरुणाचल, मणिपुर, नागाल्याण्ड, असम त्रिपुरा सबैतिर रिपोर्ट सबैसामु छ। ती राज्यमा धेरै काम पहिलोपल्ट भएको छ।’

पूर्वोत्तर क्षेत्रको विकासमा आफू प्रतिबद्ध रहेको अनि अर्गानिक फार्मिङलाई प्राथमिकतामा राखेको बताउँदै उनले भने,  ‘पूर्वोत्तरमा सरकारले मिशन अर्गेनिक भेल्यू डेभलोपमेन्ट फर नर्थइष्ट चलाइएको छ। यसको निम्ति 400 करोड दिइएको छ। परिवहन र पर्यटनलाई परिवर्तनको साधन बनाइएको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares