सङ्गठन विस्तारमा जुट्यो तृणमूल : आफ्नै मान्छे खेद्ने राजनीतिले नै हामीलाई पछिल्तिर धकेलेको हो- शारदा राई

दार्जीलिङ, 26 सेप्टेम्बर


पान्दाम चियाबारीको कम्युनिटी तृणमूल काङ्ग्रेसले साङ्गाठानिक बैठकमा ममता व्यानर्जीको यौजना, सोच र विचारसित आम मानिसलाई कसरी जोड्ने भन्नेबारे बहस भयो। दार्जीलिङ तृणमूल काङ्ग्रेस पार्टी प्रभारी शारदा राई सुब्बाले खबरम्यागजिनलाई पहाडको वर्तमान राजनैतिक परिस्थिति गणतान्त्रिक नरहेको जनाइन्।

उनीअनुसार पान्दाम चियाबारी बुथ कमिटीको सभापति पासाङ्ग तामाङको सभापतित्वमा भएको सभामा पुरण तामाङ, आरआर ब्लक तृणमूल काङ्ग्रेस सभापति, बिजनबारी ब्लक तृणमूल काङ्ग्रेस कमिटीका सभापति, कार्यकारी सभापति, महासचिव, सहसचिव, महिला नेतृत्व, युवा नेतृत्व लगायत विभिन्न ग्राम पञ्चायत कमिटीका नेतृत्वहरू उपस्थित थिए।

‘पार्टीलाई बुथ स्तरदेखि बलियो बनाएर राज्यकी मुख्यमन्त्री अनि तृणमूल काङ्ग्रेस पार्टीको नेत्री सुश्री ममता व्यानर्जीको भिजन अनुसार गरिब भन्दा गरिब परिवारसम्म सरकारी साहुलियतको सुविधाहरू कसरी पुऱ्याउन सकिन्छ? कसरी बुथ स्तरको आम मानिसहरूलाई राज्य र देशसित जोडनु? भन्ने विषयमा छलफल गरियो,’ उनले भनिन्।

पान्दाम चियाबारी, काफेबारी गाउँ गिङ चियाबारीलगायत वरिपरिबाट जम्मा ८० परिवारले शारदा राई सुब्बाको हातबाट टिएमसीको झण्डा ग्रहण गरे।  ‘भावनात्मकरूपमा उग्र भएर आआफ्नै गाउँ घरमा अशान्ति गरेर, आआफै माझमा लडेर, आफ्नै मान्छेको घर जलाएर, आफ्नै मान्छेको घर तोडफोड गरेर, आफ्नै मान्छेलाई खेदेर, आफ्नै सरकारी सम्पति जलाएर, आफ्नै छोरा छोरीहरूको स्कुल कलेज बन्द गरेर दार्जीलिङ पहाड अनि पहाडबासी हरेक क्षेत्रमा सय बर्ष पछाडि भएका छौं,’ उनले भनिन्।

यस्तो राजनीति रोकेर नयाँ युवा पिँढीको भविष्य सुरक्षित गर्नेबारे बैठकमा चर्चा भएको उनले बताइन्। ‘गरिबले पाउने साहुलियतमाथि कुनै राजनैतिक हस्तक्षेप नहोस् भनेर नै राज्यको सत्तासिन पार्टी र पार्टीकी नेत्री सुश्री ममता ब्यानर्जीको नेतृत्वमाथि भरोसा राखेर गाउँ गाउँका आम मानिसहरू तृणमूल काङ्ग्रेस पार्टीमा स्वेच्छाले समावेश भइ रहेकाछन्,’ उनले थपिन्, ‘पहाडको कुना कन्दराका गाउँवासीहरूले पनि हामीसित सम्पर्क गरिरहेका छन्। यो दार्जीलिङ पहाड र पहाडवासीको उन्नतिकोलागि शुभ राजनैतिक सङ्केत हो। कुनै लोभ लालच कुनै प्रलोभन बिना आम मानिसहरू तृणमूल पार्टीमा समवेश भइरहेकाछन् र आम मानिसहरूकोमा नै राजनैतिक परिवर्तन गर्न सक्ने शक्ति पनि हुन्छ।’

उनीअनुसार बाँसबोटे चिलिङ प्लान्ट कम्युनिटी हलमा पनि सभा भयो। पुल बिजनबारी तृणमूल काङ्ग्रेस सभापति प्रमोद लावतीलगायक अन्य नेतृत्वको उपस्थिति थियो।  दार्जीलिङ पार्टी प्रभारी सुब्बाको निर्देश बमोजिम पार्टीलाई बुथ स्तरदेखि सङ्गठित गर्ने कार्यलाई निरन्तरता दिएको लावतीले बताए।

‘पुल बिजनबारी ब्लकका नेतृत्व अनि साधरण कार्यकर्ताहरू सबैले जनसम्पर्क गर्ने काम शुरू गरेका छन्,’ लावतीले भने, ‘बाँसबोटे गाउँका ४३ परिवारले तृणमूल काङ्ग्रेसमा समावेश भएका छन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया