बङ्गाल बन्दमा पहाड खुल्लै

कालेबुङ, 26 सितम्बर:  भाजपाद्वारा आज 12 घण्टा बङ्गाल बन्द बोलाइएको थियो। जसलाई राज्यको सत्ताधारी दल तृणमूल कङ्ग्रेसले समर्थन गरेको थिएन। जसले गर्दा आज राज्यका विभिन्न ठाउँहरूमा बन्दलाई लिएर तनाउको माह्वोल थियो। बन्दअवधि राज्यका विभिन्न ठाँउहरूमा तोडफोड, झडप, आगलागी इत्यादि हिसांत्मक घटनाहरू भएपनि यता दार्जीलिङ-कालेबुङ जिल्लामा भने बन्दको प्रभाव खासै परेन।

इस्लामपुरमा पुलिसको झडपमा परेर दुईजना छात्राहरूको मृत्युको घटनालाई केन्द्र गर्दै आज भाजपाले बङ्गाल बन्द बोलाएको थियो। यद्यपि यता कालेबुङमा आज सरकारी-गैरसकारी कार्यालय, शैक्षिक संस्थान, दोकानपाठ, यातायात आदि सामान्य रह्यो। सुरक्षाको दृष्टिकोणलाई केन्द्र गर्दै सिलगढीगामी बाहन एवं यात्रीहरूको चलाचल भने सँधैको तुलनामा कम रहेको थियो। यता कालेबुङ चालक महासङ्घले बन्दलाई समर्थन नगरेको अनि कालेबुङमा 90 प्रतिशत गाडीहरूको चलाचल भएको महासङ्घका अध्यक्ष महेन्द्र गुरुङ अनि कालेबुङ मेनलाइन टेक्सी एसोसिएसनका सभापति वाङ्दी तामाङले दावी गरेका छन्। त्यसै पनि यसअघिको 105 दिनको बन्दको प्रभाव अहिलेसम्म दार्जीलिङ पहाडमा रहेको भन्दै सङ्गठन कुनै पनि अवस्थामा बन्दको पक्षमा नरहेको महासङ्घका अध्यक्ष महेन्द्र गुरुङले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares