जीटीएमा बस्ने प्रतिनिधिहरूको क्षमता नभएकोले नै राज्यले डेभ्लोप्मेन्ट कमिटी गठन गरेको हो-जाप

कालेबुङ, 26 सितम्बर: ‘जीटीएमा बस्ने मानिसहरूको क्षमता नदेखिएको कारणले नै राज्य सरकारले अमर सिंह राईको नेतृत्वमा डेभ्लोप्मेन्ट कमिटी गठन गरेको हो। राज्यलाई थाहा छ, जीटीएमा बस्नेहरूले चुनाउ जित्दैनन् अनि उनीहरूसित क्षमता पनि छैन।’

उपरोक्त कुरा जाप युवा प्रकोष्ठका प्रवक्ता नरेश राईले भनेका हुन्। विशेष गरी मोर्चा नेता रुदेन लेप्चाको बयानलाई केन्द्र गर्दै राईले यसको प्रतिक्रिया स्वरूप मोर्चासित चुनाउ जित्ने क्षमता नरहेको अनि मोर्चाले झुटको राजनीति गरिरहेको आरोप लगाएका हुन्।

‘जीटीएको मियाद बढाउने कुरा राज्यको विषय हो, हामी पनि चुनाउकै पक्षका छौँ भनेर मोर्चाले झुट बोलिरहेको छ’-युवा प्रवक्ता राईले भने, ‘यदि उनीहरू साँच्चै इमान्दार छ र चुनाउ चाहन्छन् भने राज्य अनि केन्द्र सरकारलाई लिखित रूपमा दिउन्।’

यसरी नै उनले अझ भने अनुसार मोर्चा नेता रुदेन लेप्चाले लेप्चा अर्गनाइजेसन भङ्ग गर्ने भन्दै जापमा केवल लेप्चा समुदायको उपस्थिति धेर रहेको कुरा गरिरहेका थिए। उनले लेप्चा समुदाय जाप मात्र होइन सबै दलमा रहेको अनि उनीहरूको जुनै पनि दलमा जानसक्ने संवैधानिक अधिकार रहेको बताए। जहाँसम्म जनमुक्ति  लेप्चा अर्गनाइजेसनको प्रश्न छ, त्यो मोर्चाले नै बनाएको भन्दै यदि कुनै पनि दलले जातिको नाममा सङ्गठन बनाउँछ भने त्यो दलको पञ्जिकरण नै चुनाउ आयोगले खारेज गर्नसक्ने पनि राईले बताए। यसरी नै मोर्चा नेता रुदेन लेप्चाले गोर्खाल्याण्डको निम्ति एकत्रित हुने आह्वान गरेको सन्दर्भमा पनि उनले प्रक्रिया जनाउँदै मोर्चाले गोर्खाल्याण्ड माग्न नसक्ने दावी गरे।

‘मोर्चाले गोर्खाल्याण्ड निलाम गरिसक्यो उनीहरूले माग्न सक्दैन’-राईले भने, ‘मोर्चाले भ्रमित वक्तव्य दिँदैछ।’

यसै सन्दर्भमा उनले अझ भने अनुसार गत विधानसभामा चुनाउमा जापसित लेप्चा समुदाय पनि हारेको कुरा मोर्चा नेता रुदेन लेप्चाले गरेका थिए। त्यसबेला जाप हारेपनि अहिलेका जित्ने विधायकले पनि कुनै काम नगरेको अनि अहिलेको परिस्थितिलाई हेर्दा सबै जाति नै हारेको महशुस भइरहेको पनि राईले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया