मोदीले भन्यो 18 हजार करोड़ दिएका छौं, एसकेएमले भन्यो सीबीआई जाँच गर

गान्तोक, 26 सितम्बर। सिक्किमको विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीलेले प्रधानमन्त्री नरेन्द्र मोदीले गत 24 सितम्बरको दिन सिक्किम भ्रमणको समय आफ्नो राज्यमा विभिन्न विकास कार्यको निम्ति लगभग 18 हजार करोड़ रूपियाँ पठाएको दाबी गरेको बताउँदै  यसको हिसाबकिताब हुनुपर्ने अनि सीबीआई जाँच गरिनुपर्ने माग राखेको छ। एसकेएमका प्रवक्ता ज्याकब खालिङ, उपाध्यक्ष उत्तम लेप्चा, नारी मोर्चा संयोजिका कला राईले एसकेएम मुख्यालयमा एउटा पत्रकार सम्मेलन आयोजन गरेर यस प्रकारको माग गरेको हो। प्रवक्ता जेकब खालिङले भने प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिममा विमानस्थल उद्घाटन पछि जनतालाई सम्बोधन गर्दै विभिन्न परियोजनामा लगभग 18 करोड भन्दा बेसी केन्दर् सरकारले सिक्किमलाई दिएको खुलासा भयो जनता अब जान्न चाहन्छ त्यो पैसा कहाँ खर्च भयो, यसैले हामीले भनेका हौ यहाँ सीबीआई जाँच हुनुपर्छ।

उनले अझ भने, सिक्किममा 6 वटा जल विद्युत परियोजनाको निम्ति 14 हजार करोड़ दिइएको छ भने पावर डेप्लोप्मेन्टको काम  किनी निजी कम्पनीलाई दिएर केवल 12 प्रतिशत राजस्व मात्र सिक्किमले पाउने सम्झौता गऱ्यो।

यसैगरि उऩले रानीखोलालाई प्रदूषण मुक्त पार्न प्रदान गरिएको 150 करोड ,नदी सुरक्षाको निम्ति गान्तोकदेखि सिङतामसम्मको 8 वटा परियोजनाको निम्ति 350 करोड़, राजमार्ग विकासको निति 15 सय करोड़  र बिजुलीको ट्रान्समिटर सुधारको निम्ति 15 सय करोड रूपियाँ केन्द्र सरकारले प्रदान गरेको हिसाबकिताब जनताले जान्न चाहेको बताउँदै यसको स्पष्टिकरण राज्य सरकार र सत्तारूढ एसडीएफ पार्टीले दिनुपर्ने माग गरे। यसै गरि राज्य सरकारले सिक्किममा सीबीआई आउन नपाउने 2010 सालमा जारी गरेको अधिसूचना फिर्ता गरेर मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा रहेको सरकार भ्रष्ट्राचार मुक्त रहेको प्रमाणित गर्न सीबीआईलाई जाँच गराउने अनुमति दिनुपर्ने चुनौती दिए। उनले प्रधानमन्त्री मोदीले पनि यस विषयलाई गम्भीरतासित लिनुपर्ने माग गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया