पहाडमा भाजपाको बर्चस्व छैन भन्ने कुरा प्रमाणित भयो : विनय तामाङ

‘एसएस आहलुवालिया, भाजपा र विमल गुरूङ, रोशन गिरी अनि विमलपन्थीहरूलाई पनि अब दार्जीलिङ पहाडमा भाजपा, एसएस आहलुवालिया, विमल गुरुङ र रोशन गिरीको कुनै वर्चस्व छैन भन्ने  सही सन्देश हो, 2019 चुनावमा  भाजपाले दार्जीलिङ संसदीय क्षेत्रबाट  हात धुनु पर्ने अग्रिम सुचना पनि हो।’


दार्जीलिङ, 26 सेप्टेम्बर


भारतीय जनता पार्टीको बङ्गाल बन्दको कुनै असर दार्जीलिङ पहाडमा परेन। दार्जीलिङका जिल्ला भाजपा  नेता मनोज देवानले दार्जीलिङ बन्ददेखि छुट भन्नु नै दार्जीलिङमा भाजपाको कुनै अस्तित्व छैन भनेर स्वीकार गर्नु रहेको यता विनय तामाङले बताएका छन्।

गोर्खा जनमुक्ति मोर्चा (2) का अध्यक्ष विनय तामाङले भाजपाका वरिष्ठ सांसद एवं वर्तमान केन्द्रीय मन्त्रीको एसएस अहलुवालियाको संसदीय क्षेत्रमा बन्दको कुनै असर नपर्नु आहलुवालिया र भाजपालाई पहाडको जनताबाट मुहतोड जवाब पनि रहेको बताएका छन्।

‘एसएस आहलुवालिया, भाजपा र विमल गुरूङ, रोशन गिरी अनि विमलपन्थीहरूलाई पनि अब दार्जीलिङ पहाडमा भाजपा, एसएस आहलुवालिया, विमल गुरुङ र रोशन गिरीको कुनै वर्चस्व छैन भन्ने  सही सन्देश हो,’ तामाङले भनेका छन्, ‘2019 चुनावमा  भाजपाले दार्जीलिङ संसदीय क्षेत्रबाट  हात धुनु पर्ने अग्रिम सुचना पनि हो।’

एसएस आहलुवालिया र भाजपाले खुल्ला रूपमा विमल गुरुङलाई  समर्थन दिँदापनि यसपल्ट किन विमल गुरुङले बन्दको निमित्त जनतालाई अपिल गरेनन् ? भन्ने प्रश्न गर्दै तामाङले भनेका छन्, ‘किनकि विमल गुरुङ  र रोशन गिरीलाई थाहा छ कि उनीहरूको पक्षमा जनता छैन। केही दिन अघिमात्र विमल गुरुङले आफनो अडियो क्लिपमा उनको समर्थनमा दार्जीलिङ पहाडको जनता 70 प्रतिशत छ भनेर ठोकुवा गरेका थिए। 70 प्रतिशत जनता उनको समर्थनमा छन् भने विमल गुरुङले आज भाजपाको समर्थनमा जनतालाई अपिल गरेर दार्जीलिङ पहाड बन्द राख्न सक्न पर्थ्यो।’

तामाङले सम्पूर्ण पहाडको जनता जनार्दनप्रति कृतज्ञता प्रकट गरेका छन्। ‘हामी सधैँ दार्जीलिङ पहाडलाई शान्ति राखौँ, स्वच्छ राखौँ, समवृद बनाऔं,’ तामाङले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया