विनय तामाङ विमल गुरूङसित कति डराउँछन् भन्ने कुरा प्रमाणित भयो : काम्बाङ

 

 ‘विनयले पनि दुई छात्रहरूको हत्याको विरोधमाथि राजनीति गरे। हत्या त हत्यो हो। जस्तो राज्य पुलिसले गोर्खाल्याण्ड आन्दोलनकारीको हत्या गऱ्यो। दुइ विद्यार्थीको पनि हत्या भयो। विनय तामाङले हत्याको विरोध गर्नुपर्ने हो तर उनले त तृणमूल काङ्ग्रेसको कार्यकर्ताको भूमिका निर्वाह गरे। विमल गुरुङसित कति जनता छ, त्यो भाजपाको बन्दले होइन उनी दार्जीलिङ आएपछि थाहा हुने कुरा हो, वास्तवमा विमल गुरुङको अनुपस्थितिमा पहाडमा भाजपाको कुनै बर्चस्व पहाडमा छैन भनेर भाजपाले बुझिसकेको छ। त्यही भनेर छुट दिइएको हो।’


कालेबुङ, 26 सेप्टेम्बर


‘भाजपाको बन्दसित विमल गुरूङको कुनै सम्बन्ध छैन तर जिटिए विओए विनय तामाङले त्यसमा जबरजस्ती विमल गुरूङलाई मुछ्नु भनेको विनय तामाङ विमल गुरूङसित कति डराउँछन्, त्यसको उदाहरण हो,’ गोजमुमो-1 का केन्द्रिय सदस्य नरेन्द्र काम्बाङले खबरम्यागजिनलाई विज्ञप्ति पठाएर भनेका छन्।

‘हाम्रो भाजपासित गोर्खाल्यान्ड मुद्दाको राजनीतिक निकासासँग मात्र सम्बन्ध छ। विमल गुरूङ विनय र अनित जस्ता बङ्गालका कुटनैतिक कटपुतली होइनन्,’ काम्बाङले भनेका छन्, ‘ छात्रहरूको हत्यामा बङ्गाल प्रशासनको भत्सर्ना गर्दछौं र पीडित परिवारप्रति सम्वेदना प्रकट गर्दै न्यायको आशा गर्छौं। मोर्चाको बन्दलाई समर्थन गर्ने र नगर्ने कुनै कारण बन्दैन। किन कि त्यो भारतीय जनता पार्टीको साङ्गठानिक निर्णय हो। जसलाई हामीले समर्थन गर्ने नगर्ने कुनै तर्कनै बन्दैन।’

बिमल गुरूङ र गोजमुमोले भाजपासित गोर्खाल्यान्डबारे मात्र सरोकार राखेको भन्दै काम्बाङले विनय तामाङलाई चाहिँ बगाल तृणमूल कै भातृ सङ्ठनका कार्यकर्ताकोरूपमा देखिएको बताए। ‘विनयले पनि दुई छात्रहरूको हत्याको विरोधमाथि राजनीति गरे। हत्या त हत्यो हो। जस्तो राज्य पुलिसले गोर्खाल्याण्ड आन्दोलनकारीको हत्या गऱ्यो। दुइ विद्यार्थीको पनि हत्या भयो,’ काम्बाङले भने,  ‘विनय तामाङले हत्याको विरोध गर्नुपर्ने हो तर उनले त तृणमूल काङ्ग्रेसको कार्यकर्ताको भूमिका निर्वाह गरे।’

विनय तामाङले बङ्गालको पुलिसले गोर्खाल्याण्ड आन्दोलनकारी मारेर तयार भएको आन्दोलनको माहौललाई आफ्नो फाइदाको निम्ति प्रयोग गरेको र मुद्दा र जनसपना बेच्नेले कुनै पनि हत्याको विरोध नगरेर हत्याबाट फाइदा नै लिने चरित्र विनय तामाङले फेरि दोहोऱ्याएको काम्बाङले जनाए।

‘विमल गुरुङसित कति जनता छ, त्यो भाजपाको बन्दले होइन उनी दार्जीलिङ आएपछि थाहा हुने कुरा हो,’ काम्बाङले भने, ‘वास्तवमा विमल गुरुङको अनुपस्थितिमा पहाडमा भाजपाको कुनै बर्चस्व पहाडमा छैन भनेर भाजपाले बुझिसकेको छ। त्यही भनेर छुट दिइएको हो।’

काम्बाङले गद्दारहरू जहिल्यै पनि आफ्नो स्वार्थको निम्ति कठपुतली बन्नु स्वाभाविक रहेको भन्दै विमल गुरुङ फर्किएको दिन विनय तामाङले कसको वर्चस्व पहाडमा छ, त्यो थाहा पाउने पनि बताएका छन्। विमल गुरुङको आङ टेकेर उभिएको विनय तामाङलाई जतैबाट पनि विमल गुरुङकै डर लागिरहने पनि उनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया