अन्तर्राष्ट्रिय पर्यटन दिवस पालन: होमस्टे विकासको निम्ति सरकारले 1 लाख 50 हजार रुपियाँ दिने

कालेबुङ, 27 सितम्बरहोमस्टे विकासको निम्ति राज्य सरकारले एउटा होमस्टेलाई 1 लाख 50 हजार रुपियाँ गरेर प्रदान गर्ने भएको छ। पहाडमा पर्या-पर्यटनको रूपमा विकसित भइरहेको होमस्टेलाई विकसित गर्ने उद्देश्य लिएर विकास बोर्डहरूमार्फत सरकारले उक्त राशी प्रदान गर्ने भएको हो।

आज अन्तर्राष्ट्रिय पर्यटन दिवस पालन गर्दै कालेबुङ जिल्लापाल डा. विश्वनाथले पर्या-पर्यटनको विकासको निम्ति राज्य सरकार आग्रही बताए।

आज कालेबुङ जिल्ला प्रशासनद्वारा अन्तर्राष्ट्रिय पर्यटन दिवस पालन गरियो। ‘पर्यटन एवं डिजिटल सूचना अनि महिला सशक्तिकरण’-को मूल नारा लिएर स्पन्न भएको अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा जिल्ला प्रशासन, कन्याश्रीका विद्यार्थीहरू, होम-स्टे सञ्चालनपक्ष एवं पर्यटनसित आबद्ध व्यक्तिहरूलाई लिएर शहरमा ऱ्याली निकालेपछि ट्रेजरी भवनको कन्फरेन्स हलमा कार्यक्रम सम्पन्न भएको थियो। जिल्लापाल डा. विश्ननाथको उपस्थितिमा सम्पन्न कार्यक्रमवअधि पर्यटन विकासलाई लिएर चर्चा-परिचर्चा भएको थियो। उत्तर बङ्गालमा कालेबुङ एउटा प्रमुख पर्यटकीय केन्द्रहरूमध्ये एक रहेको भन्दै जिल्लापाल डा. विश्वनाथले कालेबुङ जिल्लाभरि पर्यटन व्यवायलाई विकसित गर्न राज्य सरकारले विविध पहलहरू गर्ने बताए।

कार्यक्रममा अतिरिक्त जिल्लापाल हरिशङ्कर पानिकर, महकुमा अधिकारी अभिजित सिवाली, कालेबुङ विज्ञान केन्द्रका क्यूरेटर डा. बीबी गुरुङ, पर्यटन विभागका अधिकारी नैना डे आदिको विशेष उपस्थिति थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया