फिलाटेली प्रदर्शीको आयोजन

कालेबुङ, 27 सितम्बरकालेबुङ डाकघरको आयोजनामा आज यहाँको गर्ल्स् शतवार्षिकी हलमा फिलाटेली अथवा डाक टिकट सङग्रह प्रदर्शनी सम्पन्न भयो। विशेष गरी डाक टिकट सङ्ग्रह गर्ने विद्यार्थीहरूलाई बढावा दिँदै डाक सेवाप्रति प्रोत्साहित गर्न डाक टिकट प्रदर्शनी आयोजना गरिएको हो।

विशेष गरी नानीहरूमा पढाइलेखाइ, खेलकुद, सङ्गीत इत्यादि बाहेक अरू कुराहरूमा पनि रूचि हुन्छ। यस्तैमा फिलाटेली अथवा धेरैवटा ठाउँका दुर्लभ डाक टिकटहरू सङग्रह गर्नु पनि एउटा विशेष रूचि हो। यस्तै रूचिभित्र पर्ने मानिसहरूद्वारा सङ्ग्रहित विभिन्न डाक टिकटहरू आज प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनीमा आमन्त्रित फिलाटेलिस्टहरूको प्रदर्शनी एवं प्रतियोगितात्मक प्रदर्शनी पनि रहेको थियो। यस अवसरमा यससित सम्बन्धित विभिन्न व्यक्तिविशेष, विद्यार्थीहरू एवं डाकघरका अधिकारीहरूको उपस्थिति थियो। यस अवसरमा गर्ल्स हाइ स्कूलद्वारा तयार पारिएको स्पेल कभर पनि विमोचन गरिएको थियो। कार्यक्रमबारे कालेबुङ डाकघरका अधिकारी धिरज तामाङले जानकारी दिएका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया