एसकेएमको युवा प्रकोष्ठको पूर्व जिल्ला युवा सम्मेलन सम्पन्न

गान्तोक, 27 सितम्बर। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको युवा प्रकोष्ठको तत्वधानमा नाथांग माचोंग समष्टि अन्तर्गत लिंकें गाऊँमा  पूर्व जिल्ला युवा सम्मलेन सम्पन भयो।  युवा सम्मलेनमा एसडीएफ पार्टीलाई त्याग गर्दै नाथांग माचोंग समष्टिबाट २३१परिवार अनि पूर्व जिल्लाको अन्य समष्टिबाट ८९ गरेर जम्मा ३२० परिवार एसकेएम पार्टीमा बिधिवत रूपमा सामेल भएको दाबी गरिएको छ। सामेल हुनेहरूमा के बी राई रोलेप निवासी एसडीएफ पार्टीको संस्थापक सदस्यर, श्रीमती राजनी गुरुङ्ग, अरिथाङ गान्तोक, फुर्बा शेर्पा जे ऐन रोड प्रमुख रहेका छन्।  एसकेएमका अध्यक्षले खादा अर्पण गर्दै स्वागत गर्दै पार्टीमा सामेल गराएको छ।

 

यस युवा सम्मलेनमा सहभागी हुन आउने पार्टीको अध्यक्ष पीएस गोले लगायत कार्यवाहक अध्यक्ष कुङ्गा निमा लेप्चा, संघ बिधायक  सोनाम लामा, पार्टी सल्लाहकार टीएम राई, कार्यकारिणी अध्यक्षद्वय  एमपी सुब्बा,  नवीन कार्की, पार्टी बरिष्ठ उपाध्यक्ष टीएन ढकाल, महामंत्री अरुण उप्रेती, पूर्व सांसद नहकुल दास राई बाहेक पार्टीका बरिष्ठ नेतृत्वगणहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा एसकेएम अध्यक्ष पीएस गोलेले भने, परिवर्तनको कुरा गर्ने धेरै पार्टी भए पनि एसकेएम पार्टीको ब्रांड नेम परिवर्तन हो र यसलाई कसैले नक्कल गर्नु सक्दैन, एसकेएम पार्टी बिपक्षीमा बसेर पनि सिक्किमेली जनताको पक्षमा भरपुर काम गऱ्यो।  सात जना बिधायक कुर्सी  र पैसाको लोभमा सत्ता पक्षमा सामेल भएका छन् , हामीलाई पनि पैसाको दुःख थियो तर हामी बिक्री भएनौ र हामी बिक्री हुनेवाला पनि छैनौ, सिक्किमको सम्पुर्ण जातिको सुरक्षाको निम्ति एउटा नेपालीबाट एउटा भुटियाबाट र एउटा लेप्चाबाट रहेकोछौ, राजाको पालाबाट सरकारी कर्मचारीहरुले पाएको दोस्रो शनिबारलाई एसकेएम पार्टीले चुनौती दिए पछि ५२ दिनको हक मारेर भएपनि  पुनः बाहाली गरेकोमा किन खुशी हुने त्यो त तपाईको टोपी तपाईलाई नै फर्काइ दिएको हो उनले दाबी गरे। यसैगरि  केन्द्रीय योजनाहरु मुख्यमन्त्रीले  मैले दिए भनेर धाक पिट्छ यो सिक्किमेली जनतालाई मुर्ख बनाएकोछ र अहिलेसम्म सिक्किम सरकारले आफ्नो कार्यक्रम कुनै बनाएर सिक्किमे जनतालाई दिनु सकेको छैन, सिक्किमे जनतालाई त ढाटे पनि देशलाई नै ढाट्यो  तर यसपाली देशका प्रधानमंत्री  नरेन्द्र मोदीले खुलस्त पारेको दाबी गरे।

कार्यक्रमलाई पार्टीका विभिन्न नेताहरूले पनि सम्बोधन गरेका थिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया