सिक्किमको मैनाममा हाब्रे सर्वेक्षण

गान्तोक, 27 सितम्बर। सिक्किमको राज्य पशु तथा  विश्वमै दुर्लभ र लोपोन्मुख मानिएको रेडपान्डा (हाब्रे) को संरक्षणमा सबैतिर पहल भइरहेको छ। यसैक्रममा दक्षिण सिक्किमको मैनाम वन्यप्राणी उद्यानमा गत केही महिनादेखि रेड पाण्डाको संरक्षणको निम्ति प्रयास तथा तथ्य सङ्कलनको सर्वेक्षण ल शुरु भएको छ। डब्लुडब्लुएफ इण्डियाको सिक्किम राज्य कार्यालयको निगरानीमा शुरु भएको यो रेड पाण्डाको गणना तथा सर्वेक्षणले राम्रो सङ्केत दिइरहेको छ। अहिलेसम्मको सिमिति सर्वेक्षणको भरमा सिक्किममा 300 देखि 350 सम्मको हाराहारीमा रेड पाण्डाको संख्या रहेको डब्लुडब्लुएफका दल नाइके प्रियदर्शनी श्रेष्ठले बताइऩ्।   सर्वेक्षणमा डब्लुडब्लुएफको अधिनमा शोधार्थीहरूले आफ्नो कार्य गरिरहेका छन्।

पछिल्लो समयमा कञ्चनजङ्गा राष्ट्रिय निकुञ्ज र त्यस वरपरका सामुदायिक वन एंव संरक्षणति वनहरूमामा यसको सङ्ख्या बाक्लो रूपमा देखिन थालेको छ ।

भारतको सिक्किम, दार्जीलिङ र अरूणाचल प्रदेशमा पाइने रेड पाण्डाको सर्वेक्षणमा लामो समयदेखि लागिपरेको डब्लुडब्लुएफले अहिले आएर वृहतरूपमै सिक्किमको अधिकांश संरक्षित वन्यप्राणी उद्यानहरूमा यसलाई सर्वेक्षण गर्ने र यसको अवस्थिति पत्ता लगाउने प्रयास गरिरहेको छ। विश्वको   नेपाल, भारत, चीन, भुटान र बर्मामा मात्र रेड पान्डा पाइने गरेको छ ।

रेड पाण्डाको सफल प्रजनन पनि सिक्किमको हिमालयन जुलोजिकल पार्कमा भइसकेको छ भने सिक्किमको पाङ्गोलाखा, वर्षे, मैनाम, क्योङनस्ला आदि वन्य प्राणी उद्यान तथा कञ्चनजङ्गा राष्ट्रिय निकुञ्जमा रेड पाण्डा पाइने गरेको छ।यसका साथै दार्जीलिङको पद्मजा नाय़डु जुलोजिकल पार्कमा पनि यसको सफल प्रजनन भएको छ।

दक्षिण जिल्लाको मैदान वन्य प्राणी उद्यानमा पनि अहिलेसम्म रेड पाण्डाको वसोबासो रहेको प्रत्यक्ष प्रमाण भेटिएको तर प्रत्यक्ष दर्शन भने भइनहालेको सुश्री श्रेष्ठले बताइन्। यहाँ पनि सर्वेक्षण पुरा हुनका साथै रेड पाण्डाको संरक्षणको निम्ति गरिनुपर्ने पहलहरूलाई सक्रियता दिने बताए। यसै उद्देश्यले गत सप्ताह मैनान वन्य प्राणी उद्यानकै क्षेत्रमा पर्ने बुद्ध पार्क (तथागत त्छल) राभाङलामा रेड पाण्डा डे आयोजन गरेर डब्लुडब्लुएफले स्थानीय जनमानस र विद्यार्थीहरूमा रेड पाण्डाको संरक्षणको निम्ति सचेतना फैलाएको छ। जहाँ चार सय भन्दा धेरै विद्यार्थीहरूले भाग लिएका थिए। यो क्षेत्रमा रेड पाण्डामाथि काम गर्न यसै कार्यक्रम मार्फत सहजता प्रदान गर्ने प्रयासको थालनी बताइएको छ।

दुई हजार दुई सय मिटरदेखि चार हजार मिटर उचाइसम्मको १० डिग्रीदेखि २५ डिग्री सेल्सियस तापक्रममा रहेको गुराँस, मालिङ्गो, निगालोको जङ्गल र पानीको मुहान नजिक भएको स्थानमा यसको बासस्थान मानिन्छ ।  एक्लै बस्न रुचाउने रेडपान्डा मानिस देख्दा झन् रोचक ढङ्गले हेरिरहने भएकाले यसको शिकार गर्न सजिलो हुने हुँदा चोरीशिकार यसको संरक्षणमा ठूलो चुनौती देखिएको छ । यसका साथै सिक्किमको वन्य र हिमाली क्षेत्रमा बड्दो भुसिया कुकुरहरूको रगरगी पनि रेड पाण्डाको निम्ति ठूलो चुनौती र खतरा बनेको छ।

यसले आहारका रूपमा ७० प्रतिशत मालिङ्गो र निगालोको पात, १३ प्रतिशत टुसा प्रयोग गर्ने गर्छ भने बाँकी अन्य आहारका रूपमा प्रयोग गर्ने गरेको छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया