मुद्दा अनुसूचित जनजाति : विनय तामाङलाई रोशन गिरीले दिए जवाब

आरटीआईको उक्त पत्र पब्लिक डोमेनमा आइसकेको छ। यसैले कसले ढाँटदैछ भन्ने कुराबाट जनता स्वयमं अवगत भइसकेका छन्। पत्रको अन्तमा भएको वाक्य “The report of the committee awaited.” –ले नै बिषय प्रक्रियाभित्र रहेको स्पष्ट छ, हामीले जारी गरेको प्रेस विज्ञप्तिहरूसँग अतालिएर जथाभावी झुटो विज्ञप्ति जारी गर्नुले नै बिनय तामाङको वर्तमान राजनीतिको स्तर र समयलाई स्पष्ट पार्दैछ।’


कालेबुङ, 28 सेप्टेम्बर


विनय तामाङले गोर्खा जातिलाई अनुसूचित जनजाति बनाउने विषयमा दिएको  टिप्पणीप्रति रोशन गिरीले प्रतिटिप्पणी गर्दै विज्ञप्ति जारी गरेका छन्। ‘गोर्खा जातिलाई अनुसूचित जनजाति बनाउने विषयमा बिनय तामाङले भ्रमको खेती गर्नु लाजमर्दो विषय हो। बिनय तामाङले सार्वजनिक गरेको थामीको आटीआईको जवाबमा नै केन्द्र सरकारको सकारात्मक मनसाय स्पष्ट छ,’ गिरीले विज्ञप्तिमा लेखेका छन्, ‘त्यहाँ नढाँटी भनिएको छ, दुइ पटक प्रस्तावलाई आरजीआइले अवलम्बन गरेन तर जब सिक्किम अनि गोर्खा प्रभावित राज्य तथा क्षेत्रहरूका भुजेल, गुरूङ, मगर, नेवार, जोगी, खस, राई, सुनुवार, थामी, याखा (देवान) अनि धिमाललाई अनुसूचित जनजाति दर्जा दिने कमिटी गठन भयो तबदेखि विषय विचाराधीन छ। यही आशयमा यस कमिटीको रिपोर्टलाई पर्खिएको अवस्था भएको आरटीआईमा जानकारी दिइएको छ।’

बिनय तामाङले प्रस्तावलाई केन्द्र सरकारले गम्भीरतासाथ पदक्षेप नलिएको आरोप लगाउनु अनि  भाजपाले गोर्खाहरूको निम्ति कुनै सहानुभूति राखेको छैन भन्नु केवल आँखामा धूलो हाल्ने राजनीति रहेको गिरीको दाबी छ।

‘आरटीआईको उक्त पत्र पब्लिक डोमेनमा आइसकेको छ। यसैले कसले ढाँटदैछ भन्ने कुराबाट जनता स्वयमं अवगत भइसकेका छन्। पत्रको अन्तमा भएको वाक्य “The report of the committee awaited.” –ले नै बिषय प्रक्रियाभित्र रहेको स्पष्ट छ,’ गिरीले भनेका छन्, ‘हामीले जारी गरेको प्रेस विज्ञप्तिहरूसँग अतालिएर जथाभावी झुटो विज्ञप्ति जारी गर्नुले नै बिनय तामाङको वर्तमान राजनीतिको स्तर र समयलाई स्पष्ट पार्दैछ।’

गिरीले १०५ दिनको आन्दोलनले दिएका घाउहरू अनि १३ जना शहीदको रगतले लत्पतिएको कुर्सीमा बसेर बिनय तामाङले गोर्खा जातिलाई सम्बोधन गर्नु भनेको बिनय तामाङको महत्वकांक्षाले गोर्खा जातिको भाग्य कुल्चिएर नाङ्गो नाच नाच्नु रहेको पनि बताएका छन्।

‘बिनय तामाङ आज पनि विद्यार्थीको हत्या जस्तो गम्भीर मामिलामाथि उभिएर राजनीति गर्न चाहन्छन्। भर्खरैको उसको प्रेस रिलिजले यस कुराको पुष्टि गरेको छ,’ गिरीले भनेका छन्, ‘आज हामीपनि सत्तासँग सम्झौता गरेर बसेको भए बिनय तामाङ सम्झौताको हड्डी चुसेर हामीसँग बसेको हुने थिए तर हामीले जनताको आकांक्षालाई साथ दियौं।’

विनय तामाङले जनताको आकांक्षा बेचेर शहीदको रगतसरीको कुर्सीमा बसेको आरोप लगाउँदै गिरीले आफूहरूलाई भगौडे भन्ने कुराको जवाब पनि दिएका छन्।

‘ हामी भागेको होइन, हामीले आफुलाई बङ्गालको षडयन्त्रबाट सुरक्षित राखेर गोर्खाको भविष्य र मुद्दालाई जोगाएको हो। बङ्गाल सरकारले हामी विरूद्ध पुलिस प्रशासनको गलत प्रयोग गरेर आन्दोलन दबाउन चाहन्छ, जबकी हामीलाई जुन मुद्दा लागेको छ त्यही एवं त्यस्तै मुद्दाहरू लागेको बिनय तामाङलाई भने सत्तामा राखेको छ। यो जोखाना हेर्नुपर्ने कुरै होइन, दुधको दुध पानीको पानी स्पष्ट छ,’ गिरीले विज्ञप्तिमा लेखेका छन्।

गोर्खा जातिलाई अनुसूचित जनजाति बनाउने विषयमा बिनय तामाङले भ्रमको खेती गर्नु लाजमर्दो विषय रहेको भन्दै गिरीले बिनय तामाङले सार्वजनिक गरेको थामीको आटीआईको जवाबमा नै केन्द्र सरकारको सकारात्मक मनसाय स्पष्ट रहेको उल्लेख गरेका छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया